टोकियो ओलम्पिकमा खेलाडीलाई सेक्सबाट विमुख बनाउन बनाइयो यस्ता बेड

डिसी नेपाल
४ साउन २०७८ २०:१०
6.1k
Shares

टोकियो (एजेन्सी)। जापानको टोकियोमा यही जुलाई २३ बाट ओलम्पिक गेम्स शुरु हुँदैछ। खेलकुदको महाकुम्भ ओलम्पिकमाभाग लिन खेलाडीहरु जापान पुग्नेक्रम जारी छ। यहीबीचमा ओलम्पिक भिलेजमा खेलाडीहरु सुत्नका लागि बनाइएका बेडहरुको चर्चा भएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ओलम्पिक भिलेजमा बनाइएका बेड सिंगल हुन्। ती बेडलाई एन्टी सेक्स बेड भनिएको छ। यी बेड कार्बन बोर्डबाट बनेकाले बेडमा दुईजना सुत्न नमिल्ने तौल बढि भए बेड भाँचिने सम्भावना छ।

यी बेडका तस्वीरसहित ट्वीट गर्दै एक अमेरिकी धावकले अब आफूले जमिनमा सुत्न सिक्ने पर्ने बताएका छन्। उनले ओलम्पिक भिलेजका बेड भाँचिने भएकाले जमिनमा सुत्न सिके आफूलाई काम लाग्ने बताएका छन्।

सामाजिक सञ्जालहरुमा कतिपयले यो खेलाडीले सामाजिक दूरी कायम गरुन भन्ने उद्देश्यले बनाइएको बताएका छन्। र खेलाडीहरुले यो समयमा सेक्न गर्न नसकुन भनेर यस्ता बेड बनाइएको सामाजिक सञ्जालहरुमा चर्चा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *