धनगढीमा स्थानीय र प्रहरीबीच झडप हुँदा १२ प्रहरी घाइते

डिसी नेपाल
५ साउन २०७८ १९:५५

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३ को हाटबजार स्थानीय र प्रहरीबीच झडप हुँदा १२ जना प्रहरी घाइते भएका छन् । विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप हुँदा स्थानीयहरुको आक्रमणबाट १२ जना प्रहरी घाईते भएका हुन् ।

जमेको पानी निकास गरिएपछि स्थानीयले ढुंगा प्रहार गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन ५० राउण्ड अश्रु ग्यास प्रहार गरिएको थियो । कैलाली जिल्लाका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई ढुंगा मूढा गरेका थिए ।

उनीहरुले कल्भर्ट खोल्दा वडा नम्बर २को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेको र प्रहरीले स्थिति नियन्त्रणमा लिनका ५० राउण्ड हवाइ फायर गर्दा पनि भीड नियन्त्रणमा हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *