सीताको ब्याटिङ वरियतामा सुधार
काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ वरियतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ वरियताअनुसार उनी ९०औँ स्थानमा रहेकी छन् । यसअघि मगर ९२औँ वरियतामा स्थानमा रहेकी थिइन् । आइसीसीको वरियतामा पर्ने उनी एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुन् ।
महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा रहेका छन् । नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको वरियतामा भने यथास्थानमा रहेको छ ।
आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको स्थान १४ रहेको छ ।
Facebook Comment