सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने
काठमाडौं । सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले बुधबार २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो ।
जापानको टोकियोमा बसेको बैठकले उक्त संस्करणको ओलम्पिक अष्ट्रेलियामा गर्ने निर्णय गरेको हो । ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ ।
जापानमा शुक्रबारबाट टोकियो ओलम्पिक २०२० सुरु हुँदैछ । अष्ट्रेलियामा तेस्रो पटक विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आयोजना हुन लागेको हो । यस अघि मेलबर्न र सिड्नीमा ओलम्पिकको सफल आयोजना भईसकेको छ ।
प्रतिक्रिया
Facebook Comment