‘द हन्ड्रेड’ : सन्दीपको ठाउँमा शम्सी अनुबन्ध

डिसी नेपाल
६ साउन २०७८ १८:२०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको स्थानमा दक्षिण अफ्रीकाका ताबरेज शम्सीले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट टिम ओभल इन्भिन्सिबलले सन्दीपको स्थानमा शम्सीलाई टिममा अनुबन्ध गरेको छ ।

भिसा समस्याको कारण सन्दीपले द हन्ड्रेड खेल्न नपाएपछि इन्भिन्सिबलले शम्सीलाई भित्र्याएको हो । सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेल्नको लागि अनुमति नपाएका हुन् ।

सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड समेत पुगिसकेका थिए । उनको क्वारेन्टिन अवधि समेत सकिएको थियो । १०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *