सिरियामा चार दिनदेखि इजरायली मिसाइल आक्रमण

डिसी नेपाल
८ साउन २०७८ १३:२५

दमास्कस। इजरायलले गए राति पनि सिरियामा आक्रमण गरेको छ। इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

इजरायलले सिरियाली शहर होम्समा हमला गरेको सिरियाली अधिकारीहरुले बताएका छन्। बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ।

सिरियाली सैन्य अधिकारीहरुले इजरायलले गएको चार दिनदेखि यहाँ हमला गरेको छ। यहाँको सरकारी समाचार समिति सानाले सो समाचार दिएको छ। बुधबार राति र बिहीबार राति पनि इजरायली सेनाले सिरियाली शहर होम्स र उत्तरी शहर अलेपोमा हमला गरेको सिरियाली सरकारी समाचार समिति सानाले जनाएको छ।

बुधबार जस्तै बिहीबार पनि मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ। उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ ।त्यसबाट भएको हताहतको समाचार भने आएको छैन । ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ।

इजरायली सेनाले यसअघि पनि सिरियामा हमला गर्ने गरेकोमा केही दिनयता रोकिएको थियो। तर अहिले गएको चार दिनदेखि निरन्तर रुपमा इजरायलले सिरियामाथि हमला गरिरहेको छ । गत सोमबारदेखि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो र अहिले पनि सो क्रम जारी नै रहेको यहाँका अधिकारीहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *