टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनलाई
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ओलम्पिक खेलकुद्को पहिलो स्वर्ण चीनको हात लागेको छ। महिला १० मिटर राइफल सुटिङमा चीनकी याङ कियानले चीनलाई स्वर्ण दिलाएकी हुन्।
प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक हात पारेकी छिन्।
स्वर्ण जित्ने क्रममा याङले ओलम्पिकको दुई सय ५१ दशमलव ८ अंकसहित ओलम्पिकको नयाँ कीर्तिमानसमेत राख्न सफल भएकी हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment