फुटबल टोलिका मुख्य प्रशिक्षकको अकस्मात राजीनामा, कारण यस्तो छ ?

डिसी नेपाल
१० साउन २०७८ १३:०२
1.7k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन्।

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रशिक्षक अल्मुताइरीले नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजीनामा दिएको उल्लेख गरेका छन।

उनले विगत तीन हप्तादेखि आफूलाई दबाब आएको उल्लेख गर्दै लेखेका छन ‘म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु। अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?

कुवेती प्रशिक्षकले चैत २३ गतेदेखि नेपाली फुटबलको प्रशिक्षण समाल्हेका थिए। एन्फाले उनलाई एक वर्षका लागि प्रशिक्षक नियूक्त गरेको थियो। तर, ४ महिना नबित्दै उनले राजिनामा दिएका छन।

उनको नेतृत्वमा विश्वकफ फुटबल छनोटको अन्तिम चरण खेलेको नेपालले केही सुधारात्मक खेल खेलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *