हस्तमैथुन गर्दा मृत्युको मुखमा ! अब शारीरिक सम्बन्ध राख्दा समेत मृत्युको जोखिम

डिसी नेपाल
१० साउन २०७८ १४:२०

काठमाडौं। जापानमा एक पुरुषको हस्तमैथुनका कारण झण्डै मृत्यु भएको छ । एक मेडिकल केस रिपोर्टमा डाक्टरहरुले बताएअनुसार ५१ वर्षका यी पुरुषले एक दिनमै एकभन्दा बढी पटक हस्तमैथुन गर्थे । उनको यो बानीले गत वर्ष एक पटक उनको झण्डै मृत्यु भएको थियो । उनलाई स्खलनलगत्तै स्ट्रोक भएपछि उनको अवस्था निकै गम्भीर बनेको थियो ।

एनएचएसलाई उद्धृत गर्दै डेलीमेलले जनाएअनुसार यी पुरुषलाई भएको स्ट्रोक अब शारीरिक सम्बन्ध राख्दा, खोक्दा वा शौचालय जाँदा समेत बल्झिन सक्छ । ती व्यक्तिलाई चरम उत्कर्षपछि अत्यन्तै पीडादायी तरिकाले टाउको दुखेको थियो त्यसपछि उनले बान्ता गर्न थालेका थिए । आफूलाई अचानक यस्तो लक्षण देखिएपछि उनी नागोया सिटी युनिभर्सिटी अस्पताल गएका थिए । डाक्टरहरुले उनको रक्तचाप न्यून भएको र उनी विकेन्द्रित भएको पाए । यी दुई स्ट्रोकका प्रमुख लक्षण हुन् ।

चिकित्सकहरुले उनलाई भएको समस्याको जरो कारण पत्ता लगाउन उनको मस्तिस्कको सिटी स्क्यान गरेका थिए । सिटी स्क्यानमा उनलाई प्राणघातक मानिने सबआर्कनोइड ह्यामरेज भएको पाइयो जुन मस्तिस्कमा रक्तनली फुटेका कारण भएको थियो । ती व्यक्ति यो पीडादायी अवस्थाबाट बाँच्न सफल भए र उनलाई करिब २ हप्तापछि स्वस्थ अवस्थामा डिस्चार्ज गरियो ।

जर्नल अफ स्ट्रोक एण्ड सेरेब्रोभास्कुलर डिजिजमा रिपोर्ट प्रकाशित गरेका डा. मासाहिरो ओमुरा र उनका सहकर्मीहरुले उनलाई हस्तमैथुन गरेकै कारण किन स्ट्रोकको समस्या भयो भन्ने विषयमा विस्तारमा बताएका छैनन् । एनएचएसका अनुसार केही भारी चीज उठाउने वा शारीरिक सम्बन्ध राख्ने जस्ता शारीरिक परिश्रमका काम गर्दा मस्तिस्कमा रक्तस्राव हुन सक्छ । बेलायतमा हरेक वर्ष करिब ४ हजार ८ सय सबआर्कनोइड ह्यामरेजका घटना हुन्छन् र यसलाई ७५ देखि ७० वर्षका मानिसहरुमा आम मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *