सुनको मूल्यमा सामान्य वृद्धि

डिसी नेपाल
११ साउन २०७८ ११:४३

काठमाडौं। साताको दोस्रो कारोबारको दिन सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। सोमबार सुन तोलामा एक सय रुपैयाँ बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै सोमबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *