नयाँ गन्तव्यतिर लम्किँदै सेयर बजार

उपेन्द्र शाही
११ साउन २०७८ १४:१२

काठमाडौं। पछिल्लो एक वर्षमा सेयर बजार परिसूचक नेप्से सय प्रतिसत भन्दा धेरैले बढेको छ। अर्थात नेप्से दोब्बरले बढेको छ। परिसूचक दोब्बरले बढ्दा लगानीकर्ताले ठूलो मात्रामा कमाई गरेका छन्।

सोही कारण सेयर बजारको सम्बन्धमा जनमानसको चासो र सक्रियता बढ्दो छ। अर्थतन्त्रमा कोभिडको नकरात्मक असर र संकुचन कायमै रहे पनि हाल नेप्से परिसूचक र कारोबार रकममा भने उछाल आइरहेको छ।

सेयर बजार परिसूचक र कारोबारो रकमले यो वर्ष नयाँ नयाँ कीर्तिमान कायम गरिरहेको छ। खासगरी प्रजातान्त्रिक दलको नेतृत्वमा सरकार बनेपछि लगानीकर्ताको मनोविज्ञान अझ सकारात्मक भएको लगानीकर्ताहरु बताउँछन्।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भइसेकेपछि परिसूचक निरन्तरजसो उकालो लागि रहेको छ। नयाँ सरकारको गठनपछिको करिब दुई हप्तमा मात्रै नेप्से परिसूचक २०४ अकं बढेर अलटाइम हाई रेकर्ड कायम गर्न सफल भएको छ। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियूक्त भएका थिए।

सेयर बजारले अब कुन दिशा लिन्छ भन्ने कुृरा पनि आम लगानीकर्ताको चासोको विषय बनीरहेको छ। बढीरहको बजारले अझै नयाँ उचाई कायम गर्छ अर्थात अहिले कै विन्दुको रहन्छ, कि बजारमा गिरावट आउँछ ? भन्ने कुरा यसै भन्न नसकिने बताउँछन नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल।

लगानीकर्ताको मनोवल धेरै नै सकारात्मक रहेका कारण बजारले अझै नयाँ उचाई कायम गर्ने उनको विश्वास छ। उनले भने,  ‘अहिले सेयर बजारप्रति लगानीकर्ताहरु धेरै नै सकारात्मक छन्। प्रजातान्त्रिक पार्टीको सरकार आएपछि पहिले पनि सेयर बजार बढेको र अब पनि बढ्न सक्नेमा धेरै लगानीकर्ता आशावादी छन। यस्तै यो सेयर बजारको प्रमुख सिजन पनि हो। त्यसैले मलाई लाग्छ सेयर बजारले अझै नयाँ उचाई कायम गर्छ।’

सेयर बजार बढ्नुका कारणबारे बताउँदै उनले भने ‘यतिबेला सेयर होल्ड गर्दा छोटो समयमा लाभांश पाइने हुन्छ। त्यसैले पनि यसलाई सेयर बजारको सिजन भनिन्छ। सोही कारण स्वभावै त  लगानीकर्ता बढी आकर्षित हुने गर्छन्। सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थालेको छ र अन्य प्रारम्भिक संकेतहरु सकारात्मक देखिएन थालेका छन्।’

यस्तै पछिल्लो समय अत्याधिक लगानीकर्ताले सेयर बजारमा लगानी गर्न थालेका छन्। बजार लगानीको आकर्षक क्षेत्र भएका कारण पनि नेप्से बढ्न पुगेको हो लगानीकर्ताहरुको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *