सेयर बजारमा सामान्य गिरावट, १४ अर्ब बढीको कारोबार

डिसी नेपाल
११ साउन २०७८ १५:२६

काठमाडौं। साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से झिनो अंकले गिरावट आएको छ। सोमबार नेप्से ८.२४ अंकले घटेर ३०५०.४२ विन्दुमा बन्द भएको छ। यसअघि आइतबार परिसूचक ५८.६३ अंकले बढेर हालसम्मकै किर्तीमानी विन्दुमा बन्द भएको थियो।

सोमबार परिसूचक घटे पनि कारोबार रकममा भने उत्साहा कायमै छ। यस दिन २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता सेयर १४ अर्ब १३ करोड बराबरको सेयर खरिद बीक्री भएको छ। आइतबा पनि सोही रकमको कारोबार भएको थियो।

समूहगत रुपमा हेर्दा ब्यापार ५५, होटल तथा पर्यटन १४, जलविद्युत १०२, फाइनान्स ६५, निर्जीवन बीमा १४, उत्पादन ८४, माइक्रोफाइनान्स ९८ र जीवन बीमा समूह ६८ अंकले बढेको छ। बैंकिङ सबैभन्दा धेरै ४३ अंकले घट्दा विकास बैंक ३४ र अन्य समूह १० अंकले घटेको छ।

यस दिन विशाल बजार कम्पनी र रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यस्तै सबैभन्दा धेरै पोखरा फाइनान्सको मूल्य ५ प्रतिशतले घटेको छ।

यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा हिमालय डिस्टिलरी र एनआइसी रहेका छन। त्यि दुवै कम्पनीको ३३–३३ करोड रुपैयाँको कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *