बुद्ध एयरका दुई जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

डिसी नेपाल
११ साउन २०७८ १९:३०

काठमाडौं। काठमाडौंबाट धनगढी र नेपालगञ्जका लागि उडेका बुद्ध एयरका दुई वटा विमान गनत्व्यमा नपुगी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेका छन्। काठमाडौंबाट धनगढीका लागि उडेको बुद्धको ९एन–एएमडी विमान सोमबार साँझ करिब ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थल स्रोतले जनाएको छ। सो विमानमा प्राविधिक समस्या देखिएपछि विमान बिचबाटै डाइभर्ट गरि पुनः काठमाडौंमा अवतरण गराइएको हो।

यस्तै बुद्धकै काठमाडौंबाट नेपालगञ्जका लागि उडेको अर्को विमान पनि गतन्तव्यमा नपुगी बिचबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। स्रोतका अनुसार सो विमानमा रहेका एक यात्रु बेहोस भएपछि मेडिकल इमरजेन्सीमा विमान डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरेको हो। बुद्ध एयर र त्रिभुवन विमानस्थलले यो विषयमा विस्तृत जानकारी दिएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *