तस्वीरमा हेर्नुहोस् यी हुन् ओलम्पिककी सबैभन्दा कामुक खेलाडी

डिसी नेपाल
१३ साउन २०७८ १२:३७

काठमाडौं। जारी टोक्यो ओलम्पिकमा कैयौं खेलाडीहरु पदक जितेर चर्चित भएका छन् । तर, जर्मनीकी एक खेलाडी खेलका कारणसँगै आफ्नो सुन्दरताका कारण चर्चित बनेकी छिन् । जर्मन एथलिट एलिसा स्मिडलाई यसपटकको ओलम्पिककी सबैभन्दा कामुख खेलाडी भनिएको छ । तर, एलिसा स्वयं मने आफूलाई यो ट्याग दिइएको मन पराउँदिनन् ।

२२ वर्षकी एलिसाका इन्स्टाग्राममा १.८ मिलियन फलोअर छन् । ट्रयाक एण्ड फिल्ड एथलिट एलिसालाई प्लेब्वाय म्यागजिनले फोटोसुटको अफर गरेको थियो तर उनले यो अफर अस्वीकार गरिन् । उनलाई स्पोर्ट कम्पनी पुमाले प्रायोजन गरेको छ । उनलाई २०१७ मा अस्ट्रेलियाको चर्चित म्यागजिन बस्टड कभरेजले विश्वकै सेक्सी खेलाडी भनेको थियो । यो उपाधि दिइएपछि उनले प्रतिक्रिया दिँदै आफूलाई यो ट्याग किन दिइयो भन्ने आफूलाई थाहा नभएको र आफू खेलमै केन्द्रित हुने बताएकी छिइन् ।

डेली मिररका अनुसार उनी अहिले जर्मनीका बडीबिल्डर फ्रेडी रिचरसँग डेट गरिरहेकी छिन् । कहिलेकाहीँ एलिसा फ्रेडीसँगका तस्वीर पनि शेयर गर्छिन् । उनी आफ्नो यो सम्बन्धबारे कुरा गर्न भने चाहँदिनन् । टोक्यो ओलम्पिकमा जानुअघि उनले आफू ओलम्पिकमा जान लागेको कुरा आफैंलाई विश्वास नलागेको बताएकी थिइन् । बाल्यकालदेखि नै ओलम्पिकमा जाने सपना देखिरहेकोमा अहिले त्यो सपना सत्य भएको उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *