जनताको राजनीति नगरी नाफाको व्यापार गर्नेलाई राज्यको कार्यकारी अधिकार सुम्पिनु गलत

जगदीश दाहाल
१३ साउन २०७८ १४:००

राज्य सत्ता र संयन्त्र राजनीतिबाट नियन्त्रित र निर्देशित हुनु पर्ने हो। तर पछिल्लो समय राज्यसत्ता अर्थतन्त्रबाट निर्देशित हुन थालेको छ।  यो स्वभाविक वा अस्वभाविक के हो, यसै भन्न सकिएन, तर आज समग्र मुलुकको बस्तुस्थिति र राजनीतिक दलका नेतृत्व अनि सरकारको नेतृत्व अर्थतन्त्रतिरै मुखरित देखिन्छ।

पछिल्लो समय दशकौंसम्म राजनीतिमा जीवन बिताएका नेताहरुलाई पाखा लगाएर व्यापारीलाई मन्त्री बनाउने प्रचलन सुरु भएको छ। पछिल्लो केही प्रधानमन्त्रीहरुले पालैपालो धनाढ्य व्यापारीहरुलाई मन्त्री बनाउने गरेका छन्। अहिलेसम्म यो प्रचलन मात्र छ तर यही तरिकाले अगाडि बढेमा यो संस्कार हुँदै अपरिहार्य आवश्यकतामा बलदिन सक्ने अनुमान गर्न सकिन्छ।

जीवनभर निष्ठाको राजनीतिक गरेका इमान्दार नेता तथा कार्यकर्ताले कहिल्यै अवसर नपाउने तर नेतृत्वलाई आर्थिक सहयोग गरेकै भरमा उनीहरु राज्यको कार्यकारी पदमा पुग्ने परम्पराले लोकतन्त्र बलियो हुँदैन। बरु, यसले लोकतन्त्रप्रति आम जनताको वितिष्णा पैदा हुन्छ जुन लोकतान्त्रिक शासन व्यवस्थाका लागि रम्रो कुरा होइन।

यसले दुर्भाग्य निम्तिन पनि सक्छ, अथवा यो समय सापेक्ष फलदायी बन्न पनि सक्छ। यसरी गरिने नियुक्तिलाई कसरी उपयोग गर्ने र त्यसबाट कसरी लाभ लिने भन्ने कुराले यसले दिने फल पनि निर्धारण गर्छ । तर जे होस् अहिले सत्ताको नेतृत्व गरेका नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तिरको आग्रह, अनुरोध र विरोधका बावजुद स्वास्थ्य राज्यमन्त्री आफ्नै मर्जीले नियुक्त गर्नुभयो ।

यो नियुक्तिको विषयलाई लिएर धेरै प्रतिक्रियाहरु पढ्न र सुन्न पाइएको छ। त्यसमा पनि सकारात्मक चाहिँ सुन्न पाइएन, नकारात्मक नै बढी सुनियो। नेपाली कांग्रेसभित्रैबाट र त्यसमा पनि व्यवसायीहरुकै प्रतिनिधित्व गर्ने सांसदहरुले समेत यस विषयमा नकारात्मक टिप्पणी गर्न थालेपछि भने यो निर्णय सही भयो कि भएन भनेर समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।

नेपाली कांग्रेसका व्यवसायी क्षेत्रबाट प्रतिनिधित्व गराएका सांसद माधवराज भण्डारीले संसदमा दिएको अभिव्यक्ति होस् वा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीपक्तीमा र मिडियामा दिएको अभिव्यक्ति होस् यी त केवल उदाहरण मात्रै हुन्।

समग्र नेपाली कांग्रेसका तल्लो तहदेखि माथिल्लो तहका जनता, कार्यकर्ता र नेता झस्किएका छन्। जुर्मुराएका र शसंकित भएका र दुखदायी बनेका छन्। स्वर्गीय जननायक विपी कोइरालाले जुन कुरा नहोस भनेका थिए, त्यो कुरा हुन लागेको होकि भनेर बढी झस्किएका र सशंकित भएका छन्।

समग्र नेपाली कांग्रेसका तल्लो तहदेखि माथिल्लो तहका जनता, कार्यकर्ता र नेता झस्किएका छन्। जुर्मुराएका र शसंकित भएका र दुखदायी बनेका छन्। स्वर्गीय जननायक विपी कोइरालाले जुन कुरा नहोस भनेका थिए, त्यो कुरा हुन लागेको होकि भनेर बढी झस्किएका र सशंकित भएका छन्।

नाफा कमाउनकै लागि स्वास्थ्यमा लगानी गरेको व्यक्तिलाई स्वास्थ्य क्षेत्रको नियमनको समेत जिम्मेवारी दिइएपछि त्यो व्यक्तिले स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता, पारदर्शीता ल्याउला वा आफूले नाफा कमाउने गरी अधिकारको दुरुपयोग गर्ला भन्ने प्रश्न उठ्नु स्वभाविकै हो।

विवादित र स्वार्थ बाझिने व्यक्तिलाई यसरी मन्त्रीको जिम्मेवारी दिएर उल्टै उसलाई अकूत नाफा कमाउन सजिलो बनाइदिने यो शैलीले कस्तो नजीर स्थापित गर्न भन्ने अहिलेको गम्भीर प्रश्न हो। यसअघि पनि यसैगरी स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री बनाएर उल्टै अधिकार दिइएको थियो, त्यसैले यो नौलो घटना होइन।

विवादित र स्वार्थ बाझिने व्यक्तिलाई यसरी मन्त्रीको जिम्मेवारी दिएर उल्टै उसलाई अकूत नाफा कमाउन सजिलो बनाइदिने यो शैलीले कस्तो नजीर स्थापित गर्न भन्ने अहिलेको गम्भीर प्रश्न हो। यसअघि पनि यसैगरी स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री बनाएर उल्टै अधिकार दिइएको थियो, त्यसैले यो नौलो घटना होइन।

नेपाली काग्रेसका सस्थापक नेता विपी कोइरालाले त्यसै बेला आफ्ना समकक्षी र युवा नेतहरुकाबीचमा कांग्रेस हुने खाने र सुकिला मुकिलाको राजनीतिक पार्टी नबनोस्, त्यसले फेरि राज्य सत्ता र पद्धतिमा नकारात्मक असर पार्न सक्छ भनेका थिए।

उनले हुनेखानेको हालीमुहाली हुने अवस्था आएमा नेपाली कांग्रेस जुन उद्देश्यले स्थापना गरिएको थियो त्यस्तो पार्टी नरहन सक्छ त्यसैले यो पार्टी हुने खाने सुकिला मुकिला र सामन्तीहरुको वर्गबाट जोगाउन आवश्यक छ भनेका थिए।

वीपीले उतिबेलै आम नेपाली जनताको साझा राजनीतिक शक्ति नेपाली कांग्रेस मध्यम वर्गीय जनतालाई आधार बनाएर उच्च वर्गलाई सुरक्षा र निम्न बर्गलाई संरक्षण र राहत पुर्याउँदै अगाडि बढ्नुपर्छ भनेका थिए।

नेपाली कांग्रेसको भविष्यको बाटोबारे कुरा गर्दै वीपीले सबै नेपालीको एउटा बास बस्ने घर, खेतबारी जोत्ने एक हल गोरु, एउटा दुहुनो गाई वा भैंसी र आफ्ना बाल बच्चाको शिक्षा दीक्षा र भरस पोषणको व्यवस्था सबै नेपालीको होस् भन्ने आधारभूत मापदण्ड तय गरेका थिए।

यसका लागि नेपाली काग्रेसले प्रजातान्त्रिक समाजवादी सिद्धान्तको आधारमा नेपाली जनताको राजनीति र नेपाली जनताको नेतृत्व गर्दै मुलुकलाई अगाडि बढाउन र संसार सामु उभ्याउनुपर्ने उनको धारणा थियो।

विश्वका सबै मुलुकसँग मैत्रीभाव र सरसहयोगको हात अगाडि बढाउन र जनताद्वारा निर्वाचित सांसदहरुले छानेको सरकारले देश चलाउन कांग्रेस सफल होस भन्ने बिपी कोइरालाको आधारभूत आदर्श र सिद्धान्त अहिले आएर कतै भत्किन त लागेन भन्ने आम कांग्रेस कार्यकर्ता र भोटर जनताका लागि चिन्ताको विषय बनेको छ।

राज्यसत्ता राजनीतिबाट निर्देशित हुनुपर्छ। अर्थतन्त्रबाट निर्देशत हुनुहुँदैन। यसले राज्यसत्ता धनाढ्यको कब्जामा पुग्छ र धनाढ्यहरुले मध्यम र निम्नवर्गीय जनतामाथि शासन गर्छन् । यसले धनी झन् धनी बन्दै जाने र गरिब झनै गरिब बन्दै जाने अवस्थाको सृजना हुन सक्छ ।

तर जे होस् मुलुक र राज्यसत्ता राजनीतिबाटै निर्देशित हुनुपर्छ। र, त्यो राजनैतिक नेतृत्व जनताबाट निर्वाचित हुनुपर्छ। राजनीतिले अर्थतन्त्रको आधारस्तम्भ निर्माण गर्ने र मुलुक र जनतालाई आर्थिक रुपमा सम्पन्न गराउन सक्नुपर्छ। राज्यसत्ता राजनीतिबाट निर्देशित हुनुपर्छ।

अर्थतन्त्रबाट निर्देशत हुनुहुँदैन। यसले राज्यसत्ता धनाढ्यको कब्जामा पुग्छ र धनाढ्यहरुले मध्यम र निम्नवर्गीय जनतामाथि शासन गर्छन् । यसले धनी झन् धनी बन्दै जाने र गरिब झनै गरिब बन्दै जाने अवस्थाको सृजना हुन सक्छ ।

राज्यका समाजका सबै क्षेत्र वर्ग र व्यवसायबाट राज्यको नीति निर्माण गर्ने र कानुन बनाउने थलोमा प्रतिनिधित्व गराइनु आवश्यक र उचित हो तर, राज्यको कार्यकारी अधिकारमा जनताको राजनीति नगरेका संगठनको राजनीति नगरेका व्यवस्था र पद्धतिका लागि राजनीति नगरेका व्यापार व्यावसाय गरेर नाफाका लागि काम गरेर बसेका व्यापारी सांसदहरुलाई मुलुकको कार्यकारी शक्तिमा संलग्न गराइनु कदाचित उचित मान्न सकिँदैन।

आज जुन समाजले क्रियाप्रतिक्रिया देखायो, मिडियाले समाज र कार्यकर्ताको प्रतिक्रिया छताछुल्ला पार्यो, त्यसलाई पनि नाजायज भन्न सकिँदैन। नेपाली कांग्रेस र यसको नेतृत्वले बेलैमा सच्चिनु जरुरी छ। होइन भने आगामी संसदको निर्वाचनमा जनताले दण्डित गर्न सक्छन्, बेलैमा विचार पुर्‍यानुपर्छ।

नेपाली जनता निराश भइसकेका छन्। अब नेपालको शासनसत्ता सम्हाल्न ‘कान नचिरिएको जोगी’ कहिल्यै आउला ? जनता त्यो दिनको प्रतिक्षा गर्न बाध्य भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *