ग्रामीण विकास लघुवित्तको साधारण सभा आव्हान, बुक क्लाजे कहिले ?

डिसी नेपाल
१५ साउन २०७८ ११:०१

काठमाडौं। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ५ गते (शनिबार) का लागि सभा आह्वान गरेको हो। उक्त सभा भर्चुअल माध्यमबाट सञ्चालन हुन् लघुवित्तले जनाएको छ।

साधारण सभा हुने भएपछि कम्पनीले साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार साउन २४ गतेसम्म कायम सेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *