टानमा राजस्व बिभागको छापा

डिसी नेपाल
१५ साउन २०७८ १९:३०

काठमाडौं। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको मालिगाउँस्थित टिम्स कार्यलयमा शुक्रबार राजश्व विभागले छापा मारेको छ। टानकी महासचिव सरिता लामाले तत्कालै राजस्व कार्यलयद्वारा छापा मारिएको नभई नियमित चेकजाँच भएको बताइन्।

उनका अनुसार टानले राजस्व बिभागलाई टानले बुझाएको कागजपत्रप्रति विभागले शंका गर्दै स्थलगत भ्रमणमा गरेको महासचिव लामाले बताइन्। राजस्व बिभागले छापा मारेको खबर झुटो भएको भन्दै बिभागले कुनै पनि कागज पत्र टानबाट नलगेको महासचिव लामाले जिकिर गरिन्।

टानको केन्द्रीय कार्यालय मालिगाउँमा राजश्व विभागले छापा मारेपछि सरकारी निकायले संस्थाको हिसाब किताबबारे जानकारी लिनु स्वभाविक रहेको भन्दै यसलाई अन्यथा लिन नहुने अध्यक्ष खुमबहादुर सुवेदीले बताए। अध्यक्ष सुवेदीले २०६६ सालदेखिको टिम्स कार्डको हिसाब किताबबारे विभागलाई जानकारी दिएको दिएको बताए तर यती हुँदाहुँदै पनि बिभागले टानमा छापा मारेको बताए।

२०६६ सालदेखि पदयात्रामा जाने पर्यटकहरूबाट उठाउँदै आएको टिम्स कार्डको रकम पारदर्शी नभएको पर्यटन व्यवसायी र श्रमिकहरुको उजुरीको आधारमा छापा मारेको विभागले बताएको छ। विभागले टानको केन्द्रीय कार्यालयबाट कागजपत्र समेत नियन्त्रणमा लिएको छ।

यो विषयलाई सत्यतथ्यको आधारमा छानविन गर्न नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ निटोगका अध्यक्ष राम काजी तिवारी प्रयासले माग गरेका छन्। साथै एकल पदयात्रा अनुमतिपत्र एफइटी टिम्स खारेज गरि नेपाल पर्यटन बोर्डबाट सामूहिक टिम्समात्र वितरण गर्नुको विकल्प नरहेको बताएका छन्। यसरी सामूहिक टिम्स वितरण गर्दा अनलाइन प्रविधिबाट फारम भरी तत्काल प्रिन्ट गर्नुपर्ने तिवारीको भनाइ छ। साथै टिम्स कार्डमा कम्पनी, पर्यटक र श्रमिक सबै पक्षको तंथ्याक टिम्समै राखी वितरण गर्दा पारदर्शी हुने तिवारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *