‘दिल्ली दरबार’ रिझाउने धार्मिक एजेण्डा – Dcnepal

‘दिल्ली दरबार’ रिझाउने धार्मिक एजेण्डा

‘मन्दिर र स्तुपाहरुमा त भगवानका मूर्तिहरू हुन्छन्, मस्जिद र गिरजाघरमा चाहिँ के हुन्छन् दाइ?’, मेरो भाइ कमलले उत्सुक भई सोध्यो। खै भाइ अब यो शुक्रबार हाफ स्कूल छ, दिउसो जाउँ न त एकचोटी काठमाडौंको घण्टाघर छेउको जामा मस्जिद अनि आइतबार गिरजाघर पनि जाउँ। हामी ब्राम्हणका सन्तति र विज्ञानका विद्यार्थी हुनाले स्वभावले आस्तिक र उत्सुक थियौँ।

त्यो शुक्रबार हामी दुई भाइ त्रि–चन्द्र क्याम्पस को पारिपट्टीको गल्ली हुँदै जामा मस्जिदतर्फ लाग्यौँ। गल्लीमा दुबैतर्फ काहीँ हलाल गरी झुन्ड्याइएका बाख्रा थिए त काहीँ पेडा आदि मिठाईहरू।

कुनै-कुनै पसलमा उर्दू र अरबीका साइनबोर्ड थिए र सबैतिर मिठो इत्रको सुवास  फैलिएको थियो। एउटा अर्कै सांस्कृतिक विविधता देखियो। तर त्यो गल्ली शान्त र झन्डै सुनसान थियो। हामी वरिपरि हेर्दै मस्जिदको मुख्य द्वार सामु चप्पल फुकाई भित्र प्रवेश गर्‍यौँ।

प्रवेश द्वार र मस्जिद परिसरमा हामीलाई रोक्ने कोही थिएन र द्वार खुलै भएको हुनाले हामी भित्र प्रवेश गर्‍यौँ। मस्जिद प्राय खाली थियो – न मूर्ति थिए, न फूल या अबीर। एक कुनामा एक इमाम किब्ला (मक्का अवस्थित दिशा ) तर्फ फर्की कुरानका सुराहहरु अरबीमा उच्चारण गर्दै इबादत गर्दै थिए।

४०–५० जना एउटै पंक्तिमा उठबस गर्दै ईमाम ले गरेझैँ नमाज गर्दै थिए। म र मेरो भाइ पनि एक पंक्तिको अन्त्यमा लागी उनीहरूलाई हेर्दै उठबस गर्दै प्रार्थना गर्न थाल्यौँ। अरबी भाषाका सुराह भने सही उच्चारण गर्न सकेनौँ।

हामीले उनीहरूको जस्तो सेतो कपडा र टुप्पी ढाक्ने बाटुलो सेतो  टोपी लगाएका थिएनौँ, न हाम्रा लामा दाह्री नै थिए। हामीलाई अलि फरक देखि एउटा प्रार्थना गरिरहेको युवकले आफ्नो इबादत रोकी हामीलाई इसाराले बाहिर बोलायो।

हाम्रो मौनको सन्नाटा तोड्दै कमलले भन्यो, ‘याद छ दाइ ५८ साल ज्येष्ठ मा राजा बीरेन्द्रको अन्तिम संस्कार हुँदै गर्दा यहाँ आर्यघाटमा पाइला टेक्ने ठाउँ थिएन।’ राजा होस या रङ्क आखिर मर्नु त सबले एक दिन छँदै छ , खाली राम्रो काम र नाम मात्रै याद रहने रहेछ।

बाहिर आउना साथ उसले सोध्यो, ‘के तिमीहरू मुस्लिम हौं? ‘हामीले हैनौँ भनेपछि ऊ आक्रोशित भई भन्यो, ‘तिमीहरू मोमिन (अल्लाह का भक्त) हैनौं, नुहाई सेतो कुर्ता र टोपी लगाई इत्र पनि छड्केका छैनौं भने नमाज चलिरहेका बेला कसरी मस्जिद प्रवेश ग¥यौं? अफगानिस्तानमा भएको भए आज तिम्रो टाउको काटिन्थ्यो!!”

ऊ उत्तेजित भएको देखेर मैँले शान्त भएर मेरो पक्ष पनि सुन भनेँ।  मैले कुरानको अंग्रेजी अनुवाद पढेको छु।  हरेक पाठ ‘बिस्मिल्लाह हीर रहमन निर रहीम’ अर्थात् परम दयालु  कृपालु अल्लाहको  नाममा भन्ने सुराहबाट सुरु हुन्छन्, त्यस्ता दयावान् अल्लाहको घरमा कसरी प्रार्थना हुन्छ भन्ने हेर्न आएका हौँ हामी।

मस्जिदमा सब इबादत गरिरहेका थिए, हामीले पनि त्यसै गरेका हौँ। तिमी अल्लाह भन्छौ म ईश्वर भन्छु तर सबका मालिक एक हुनझैँ लाग्छ मलाई त। सामुहिक प्रार्थनामा सामेल भएकासँग तिमी किन उत्तेजित हुन्छौ?

मेरो कुरा सुनी ऊ अलि शान्त भयो तर मस्जिदमा नमाज पढ्ने भए धर्म परिवर्तन गरी आऊ भन्यो। मैले भनेँ, ‘तिम्रो कुरानमा नै अल्लाह सर्वव्यापी भनिएको छ त्यसरी नै इशोपनिषद्मा पनि ईश्वर सबैमा विद्यमान छन् भनिएको छ।

कोही भक्तलाई तिमी प्रार्थना गृहमा प्रवेश गर्नबाट कसरी रोक लगाउन सक्छौं? प्रार्थना गर्न धर्म परिवर्तन गर्नुपर्छ नभन। नेपालीहरूको धार्मिक सहिष्णुता हेर बहुसंख्यक हिन्दु भएको काठमाडौंको मध्यमा तिमी शान्तिसँग नमाज पाठ गर्न स्वतन्त्र छौं। जसरी तिमीलाई मुस्लिम हुनुमा गर्व छ त्यसरी नै मलाई हिन्दु हुनुमा गर्व छ।’

म कड्किएको देखेर ऊ हच्कियो। 

अनि हामीले नमस्ते भनी बिदा माग्दा उसले खुदा हाफिज भनी आफ्नै नमाज गर्न फर्कियो। हामीले निस्किँदा पेडा किन्यौँ। पेडा खाँदै मेरो भाइले भन्यो, ‘यो पेडा हिन्दु या मुसलमान जसले बनाए पनि गुलियो नै हुन्छ , मिठाई अनेक होलान् तर मिठास एउटै हुन्छ हैन र दाइ? धार्मिक कट्टरपन्थीभन्दा अनेकतामा एकता देख्ने आध्यामिक र मानविय गुण त मेरो भाइमा पो देखियो!

मैले थपेँ, ‘हो भाइ हो वेदमा ईश्वरलाई रसो वै सहः अर्थात् प्रभु नै सबै माधुर्यका मूल हुन् भनिएको छ तर अज्ञानवश हामी यो अनेकता मा एकता देख्दैनौँ र जाति, वर्ण र आस्थाका आधारमा विभाजित भई एक आपसमा लडाई गर्छौँ।’ आज मस्जिद हेरी आयौँ भोलि गिर्जाघर जाऊँ है, एक बारको जुनीमा मरी के छ लानु?

कमलले हायत को ‘गजुर’ तिर हेर्दै आफ्ना गाउँका बाजेको काठमाडौं भ्रमण स्मरण गर्यो। “दाइ जगत बाजेसँग जोरपाटी आउँदा हायात होटेललाई मन्दिर ठानी ढोग्दिरा के सुड्डा ले त! त्यस्तो प्रणाम पनि भगवान् कहाँ पुग्ला र दाइ?’

हामी गिर्जाघरको प्रांगणमा प्रवेश गर्दा केही चिटिक्क परेका टाई–सुट लगाएका मान्छेहरू बाइबल अध्ययन गरिरहेका थिए। मैले आफ्नो परिचयपछि थपेँ, ‘मैले पनि बाइबल अध्ययन गरेको छु। मलाई प्रभु येसुको परमेश्वरको पितृत्व र सम्पूर्ण मानव जातिको भातृत्वको उपदेश हिन्दु महोपनिषद्को अध्याय ४ को बसुधैव कुटुम्बकम् झैँ लाग्छ।’

प्रभु येसुको जीवन क्षमा र करुणाको ज्वलन्त उदाहरण हो भनेर भन्दा एक महाशयले ‘त्यसो भए त तपाईँलाई थाहै होला बाइबल परमेश्वरको एकमात्र सत्य वचन हो र प्रभु येसु परमेश्वरका एक मात्र पुत्र हुन्’, भने। मैले मत्ति को सु–समाचारको पाँचौँ अध्यायको नवौँ आयातमा त प्रभु येसुले स्वयंले, ‘धन्य ती हुन् जसले शान्ति कायम गर्छन्, किनकि तिनीहरू परमेश्वरका  छोराहरू भनिने छन्’ भन्नु भएको छ।

सबै धर्मका शास्त्र ईश्वरकै वचन हैनन् र अनि हामी सबै ईश्वर का सन्तान हैनौ र?  भनेर प्रतिप्रश्न गर्दा त्यहाँ उपस्थित सबै मतिर हेर्न थाले। ती महाशयले थपे, ‘तर तिम्रा धर्मग्रन्थ मूर्ति पूजा गर भन्छन्, मूर्ति पूजा पाप हो।’

हामीलाई मूर्ति पूजकको लाञ्छना लगाउँदै गर्दा ती महाशयको घाँटीमा क्रसमा टाँगिएको येशुको मूर्तिको लकेट झुलिरहेको थियो!

मैले म सनातन धर्ममा विश्वास गर्छु र छान्दोग्योपनिषदमा सर्व खल्विदं ब्रह्मं – अर्थात् परमेश्वर सम्पूर्ण सृष्टिमा व्याप्त हुनुहुन्छ भनिएको छ। सर्वव्यापी ईश्वर मूर्तिमा पनि छन् भन्दा ती महोदय मसँग शास्त्रार्थ गर्न नसकी अर्को कोठामा गए। उनी गएपछि त्यहाँ उपस्थित २, ४ जना मेरो नजिकै आई, ‘ठीक भन्नुभयो भाइ तिनीहरू आफ्नो धर्ममात्रै सही ठान्छन्’ भने।

नेपालको वर्तमान संविधानमा समेटिएको धर्मनिरपेक्षता र सङ्घीय प्रणालीविरुद्ध आवाज उठ्नु र हिन्दु राजा हुँदा हिन्दु राष्ट्रबाट चोरिएका हिन्दु देवी देवताका मूर्ति अमेरिकामा फेला पर्नु गज्जबको संयोग हो।

उनीहरूको कुरा सुन्दा मलाई उनीहरू त्यहाँ धार्मिक आस्थाले ओतप्रोत हुनुभन्दा पनि आर्थिक लाभ या विदेश भ्रमण गर्न पाइने आशाले त्यो गिर्जाघरमा आएझैँ भान भयो। हाम्रो समाजको विकृत जाति प्रथाले पनि धर्म परिवर्तन मा ठूलो भूमिका खेलको छ। अरू धर्महरूमा आस्थाको आधारमा भेदभाव भए पनि हाम्रो हिन्दु झैँ ठूलो सानो जातीय भेदभाव छैन।

कर्मको आधारमा भएको वर्गीकरण विकृत भएर कालान्तरमा सङ्कीर्ण जातिवाद भो। भेदभाव गर्ने के बाहुन?  ब्रह्म जानातीति ब्राह्मणः, ब्रह्म जानेकोले त सबैमा ईश्वर देख्छ फेरि के को जात–पात? त्यसरी नै सामाजिक न्याय भुली विभेदको पक्ष पोषण गर्ने कसरी रक्षक क्षत्रीय हुन सक्छन्?

गिर्जाघरबाट घर फर्कँदै गर्दा हामी पशुपतिनाथ दर्शन गर्न गयौँ। चन्दन टिका थापी बागमती पारि गयौँ। आर्यघामा जलिरहेका चिताहरू देख्दा हामीलाई बिरक्ती लागेर आयो। हाम्रो मौनको सन्नाटा तोड्दै कमलले भन्यो, ‘याद छ दाइ ५८ साल ज्येष्ठ मा राजा बीरेन्द्रको अन्तिम संस्कार हुँदै गर्दा यहाँ आर्यघाटमा पाइला टेक्ने ठाउँ थिएन।’ राजा होस या रङ्क आखिर मर्नु त सबले एक दिन छँदै छ , खाली राम्रो काम र नाम मात्रै याद रहने रहेछ।

हाम्रा नेताहरूलाई चाहिँ सत्ताको किन यति धेरै मोह होला?  एक दिन मर्नु त छँदै  छ देशको लागि केही राम्रो गरी मर्नु नि! काल पनि हाम्रा नेतादेखि डरÞाएको छ, ३०, ४० वर्ष भइसक्यो सत्ता केन्द्रमा तिनै अनुहार छन् , ७० वर्षका बूढा आफैँलाई  युवा नेता भन्छन्।

एक घण्टा जति पशुपति क्षेत्रमा बिताई हामी गुह्येश्वरीतर्फ बाट बागमती तिर झर्दै आफ्नो कोठा जोरपाटीतर्फ लाग्यौँ। बागमती किनाराबाट बौद्धनाथको स्तुपा र प्यागोडा शैलीमा बनाइएको तरागाउँको पाँच तारे होटेल ह्यात  रिजेन्सीको गजुर देखिइरहेको थियो।

कमलले  हायत को ‘गजुर’ तिर हेर्दै आफ्ना गाउँका बाजेको काठमाडौं भ्रमण स्मरण गर्यो। “दाइ जगत बाजेसँग जोरपाटी आउँदा हायात होटेललाई मन्दिर ठानी ढोग्दिरा के सुड्डा ले त! त्यस्तो प्रणाम पनि भगवान् कहाँ पुग्ला र दाइ?’

शाह वंशीय अन्तिम राजाहरूको शासनमा हिन्दु देवी देवताका मूर्ति बन्नुभन्दा पनि बढी बेचिए। धर्मको रक्षक राजतन्त्र ल्याउने भए मल्लकाल फर्काऔँ जसको शासनमा मन्दिर मूर्ति बने न कि बेचिए।

पुग्ला नि! सर्वदेवं नमस्कारं केशवं प्रति गच्छति भन्छन्। अब अतिथि देवो भव पनि भन्छन्। ती अतिथि देव पशुपतिनाथ दर्शन टाढाबाट गर्छन्, हाम्रा बाजे पाँच तारे होटेल दर्शन टाढाबाटै गर्छन्। शिव भक्त भए पशुपति प्रसाद पाइन्छ लक्ष्मीभक्त भए हायातको रिसेप्सन!

कुरै कुरामा बौद्धनाथ पुगेछौं। बौद्धमा पुग्दा बुद्धका आँखामुनि पुगेझैँ लाग्यो।  त्यहाँ शान्ति र सहिष्णुता थियो। ओम माने पेमे हूं मंत्र गुंजिरहँदा देश–बिदेशका पर्यटक बौद्ध स्तुपाको परिक्रमा गरिरहेका थिए। अनेकतामा एकता थियो। त्यहाँ कसैले कसैको धर्म या जाति सोधेको देखिन मैले। बुद्धको शरणमा संघको पनि भाव छ, वास्तविक संघीयता।

बुद्धले पाप धर्म, स्वर्ग नर्कको लम्बा–चौड़ा बखानभन्दा पनि मानव जातिलाई शान्ति र अहिंसाको पाठ पढाए। संसारमा दुःख छ र त्यो दुःखमाथि विजय पाउन संयमको आवश्यकता छ। संयमित भई बोल, हरेक कार्य शान्त भई सजगताका साथ होस पूर्वक गर।  बुद्ध शान्ति, भाइचारा र सहिष्णुता का प्रतीक हुन। आनन्द हुन या अंगुलिमाला सबलाई बुद्धको शरण मिल्छ!

कुनै धर्मशास्त्रमा पनि भेदभाव गर्नु या एक–आपसमा लड्नु भनिएको छैन। एउटा साँचो आस्तिक जुनसुकै धर्मावलम्बी भए पनि कहिल्यै हिंसा या विध्वंसको बाटो चुन्दैन। अहिंसा परमो धर्म। तर धर्म , जाति र क्षेत्रीयताको नाममा राजनीति गर्नेहरूको इतिहास लामो छ।

 हिन्दु राष्ट्रको आडम्बर राजनीतिक कवचका रूपमा प्रयोग हुनु हुन्न। एक्काइसौँ शताब्दी धर्मको आडमा राजनीति गर्ने युग होइन  र राजतन्त्र कुनै विचारमा आधारित शासकीय प्रणाली होइन।

धर्मको नाममा विभाजित भारत पाकिस्तान होस या धर्मको नाममा लडिरहने इजरायल प्यालेस्टाइनजस्ता क्षेत्रहरूमा शान्ति स्थापित गर्न मुस्किल छ र धर्म र साम्प्रदायिकता भड्काई केही समूहहरू सधैँ राजनीतिक फाइदा उठाइरहन्छन्।

नेपालको वर्तमान संविधानमा समेटिएको धर्मनिरपेक्षता र सङ्घीय प्रणालीविरुद्ध आवाज उठ्नु र हिन्दु राजा हुँदा हिन्दु राष्ट्रबाट चोरिएका हिन्दु देवी देवताका मूर्ति अमेरिकामा फेला पर्नु गज्जबको संयोग हो। पञ्चायत कालमा नेपालबाट जति  मूर्तिहरू हराए, तिनलाई विदेश पुर्याउनेमा राजदरबारका सदस्यहरू नै संलग्न थिए  तर तिनीहरू माथि कहिल्यै कानुन लागेन।

त्यतिखेर सत्ताको संरक्षण नपाएका आम साधारणले न मूर्ति चोर्ने हिम्मत गर्थे  न  विदेश पठाउन नै सक्थे। शाह वंशीय अन्तिम राजाहरूको शासनमा हिन्दु देवी देवताका मूर्ति बन्नुभन्दा पनि बढी बेचिए। धर्मको रक्षक राजतन्त्र ल्याउने भए मल्लकाल फर्काऔँ जसको शासनमा मन्दिर मूर्ति बने न कि बेचिए।

आफूलाई पुनरुत्थानवादी र राजावादी ठान्नेहरूलाई स्मरण रहोस् लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो कसैले स्थापित गरिदिने पश्चगामी व्यवस्था हैन। यदि हामी केही अवसरवादी समूहको सत्ताको लागि राष्ट्रिय अखण्डता, जनतामा निहित सार्वभौमसत्ता र धार्मिक सहिष्णुतामा आँच आउने कदमको समर्थन गर्छौ भने त्यो वास्तविक आत्म सम्मान बेची परधर्म अँगाल्नु हुनेछ।

कुनै पनि धार्मिक सत्ता वा एकल राज्य प्रणालीको वैचारिक–दार्शनिक आधार हुँदैन। स्मरण रहोस् लोकतन्त्रमा भोलि तपाईँका छोरा–छोरी पनि राष्ट्र–प्रमुख बन्न सक्छन्। लोकतन्त्रको विकल्प कुनै जहानियाँ निरङ्कुश तन्त्र  हैन  अझैँ उन्नत  लोकतन्त्र हो।  २४० वर्षे राजतन्त्र र १०४ वर्षे राणा शासनले नेपालमा नातावाद, कृपावाद, विभेद, असमानता र वर्गको पक्षपोषण नै गरी रह्यो। इतिहास हेरौँ,  शक्तिशाली विष्णुको अवतार राजा, हिन्दु राष्ट्र र एकल पञ्चायती प्रणालीले नेपाललाई संसारकै  गरिब, विकास पूर्वाधारविहीन र अशिक्षित राज्य बनाइ राख्यो। जब जनतामा चेतना आउँदै गयो यी सङ्कीर्ण जहानियाँ शासनको अन्त्य भयो।

हजारौँ जनताको बलिदानले आएको उपलब्धिलाई आज गणतन्त्रमा एक–आध पात्रको भ्रष्टता र असक्षमतालाई हेरी व्यवस्था ठीक भएन भन्ने बेला आइसकेको छैन। समस्या पात्रको हो प्रणालीको हैन।  धर्मनिरपेक्षतालाई थप प्रस्ट्याउने  कानुनहरू नबनाउने अनि कहिले ‘होली वाइन’ चाख्ने त कहिले ’गंगाजल’!  नेपालमा हिन्दु राष्ट्रको राजनीतिमा अग्रसर हुने उच्च नेतृत्वको जीवनशैलीमा हिन्दु संस्कार छैन।

सत्ता र शक्ति स्वार्थ मात्रै छ।  जबसम्म जनता चेतना शून्य ’लास’ बनिरहन्छन् हिन्दु राजा आए जलाउने छन्, होली वाइन खाने शासकले गाड्ने छन्।  हिन्दु राष्ट्रको आडम्बर राजनीतिक कवचका रूपमा प्रयोग हुनु हुन्न।  एक्काइसौँ शताब्दी धर्मको आडमा राजनीति गर्ने युग होइन  र राजतन्त्र कुनै विचारमा आधारित शासकीय प्रणाली  होइन।

हामी अनेक वादका नाउँमा धेरै जलाइयौँ, गाड्यौँ, झुन्ड्याइयौँ, गोली ठोक्यौँ। भयो पुग्यो अब बलीका बोका नबनौँ! जागौँ! स्मरण रहोस्  आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाइराख्न खोक्रो राष्ट्रवादी भेडाको छालाभित्र लुकेका उग्र वामपन्थी र उग्र दक्षिणपन्थी ब्वाँसाहरूको समयमै पहिचान गरौं।

नेपालका सबै राजनीतिक दलका नेताले आफ्नो कुर्सी टिकाइराख्न अहिले दिल्ली दरबारमा धर्म नीतिमा आएको परिवर्तनलाई रिझाउने प्रयास गरिरहेका छन्। साँचो राष्ट्रवाद देश प्रेम हो, स्वावलम्बन हो र जनतामा निहित सार्वभौम सत्ता हो।

नेपालीहरूको स्वाभिमान, मन र आत्मा सधैँ स्वतन्त्र रही आएको  को छ। यो कहिल्यै टुटेन या बदलिएन। अनेकतामा एकता र आ–आफ्नै स्वतन्त्र बालिग मताधिकार प्रयोग गर्नु नै गणतन्त्र नेपालका जनताको स्व–धर्म हो। लामो संघर्षपछि उपलब्ध भएको लोकतन्त्र को रक्षा हामीले गर्न सके मात्रै लोकतन्त्रले पनि हाम्रो स्वतन्त्रताको रक्षा गर्न सक्छ।

धर्मो रक्षति रक्षितः अर्थात् धर्मले तिनको रक्षा गर्छ जसले धर्मको रक्षा गर्छन्।

नेपालका सबै राजनीतिक दलका नेताले आफ्नो कुर्सी टिकाइराख्न अहिले दिल्ली दरबारमा धर्म  नीतिमा आएको परिवर्तनलाई रिझाउने प्रयास  गरिरहेका छन्।  साँचो राष्ट्रवाद देश प्रेम हो, स्वावलम्बन हो र जनतामा निहित सार्वभौम सत्ता हो। देश प्रेम र दक्षिणपन्थी, पश्चगमन, जाति र धर्मको कुरूप राजनीतिमा आकाश–पातालको अन्तर छ।

धर्मनिरपेक्षताको तात्विक अर्थ राज्यले कुनै एक  धर्मको रक्षा र प्रवर्द्धन नगरी  सबै धर्मलाई समान संरक्षण गर्नु हो अनि  एउटा धर्मले प्रलोभन, भय र बाध्यतामा पारेर अरूलाई धर्म परिवर्तन गराउन नपाउने  पनि हो जुन अधिकार वर्तमान संविधानले सुनिश्चित गरेको छ।

अवसरवादीहरूको मतियार नबनौँ। आफूलाई पुनरुत्थानवादी र राजावादी ठान्नेहरूलाई स्मरण रहोस् लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो कसैले स्थापित गरिदिने पश्चगामी व्यवस्था हैन।

यदि हामी केही अवसरवादी समूहको सत्ताको लागि राष्ट्रिय अखण्डता, जनतामा निहित सार्वभौमसत्ता र धार्मिक सहिष्णुतामा आँच आउने कदमको समर्थन गर्छौ भने त्यो वास्तविक आत्म सम्मान बेची परधर्म अँगाल्नु हुनेछ। राष्ट्रिय अखण्डता, सहिष्णुता र स्वाभिमान नै अहिले सबै नेपालीहरूको स्वधर्म हो। गीतामा भनिएझैँ यसको जगेर्ना गर्नु नै श्रेयस्कर छ।  स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः(अरूको कठपुतली भएर बाँच्नुभन्दा स्वतन्त्र मर्नु नै श्रेयस्कर हो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो