मध्य भोटेकोशीको आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन मिल्ने

डिसी नेपाल
१७ साउन २०७८ ११:१६

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको प्राथामिक सेयर (आईपीयो) मा लगानी गर्ने मिति थप भएको छ। बैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लािग निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको हो।

कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भइ गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको सो आईपीओमा अब साउन ३२ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले प्रतिसेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ भने ढिलोमा साउन ३२ गते हुनेछ। आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *