सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्यो

डिसी नेपाल
१७ साउन २०७८ १२:३३

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ। आइतबार सुन तोलामा पाँच सय रुपैयाँ घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गत शुक्रबार सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार तेजावी सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ कायम छ।

आइतबार चाँदीको मूल्य स्थिर छ। आइतबार चाँदी तोलमा एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *