अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी नियूक्त
काठमाडौं। सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ।
साउन १२ गते बसेको मन्त्रीपरिषद बैठकले यसअघि महालेखा नियन्त्रक रहेको मरासिनीलाई अर्थ सचिवमा सरुवा गरेको होे।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेसँगै उनको ठाउँमा मरासिनीलाई ल्याइएको हो।
यसअघिका अर्थ मन्त्रालयका सचिव ढुंगाना निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ सचिव भएका थिए।
प्रतिक्रिया
Facebook Comment