गुडिरहेको जिपमा ढुंगा खस्दा एकजनाको मृत्यु

डिसी नेपाल
१८ साउन २०७८ २२:०६

काठमाडौं। पाल्पामा गुडिरहेको एक जिपमा ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ। सोमबार बेलुका सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, रामापिथेकस पार्क र सिद्धबाबा खण्डमा जिपमाथि ठूलो ढुंगा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्याङजाको वालिङ नगरपालिका–११ का २३ वर्षीय जिपका सहचालक आशिष खाँणको उपचारका क्रममा मृत्यु भएको छ।

लु २ च ७३८७ नम्बरको जिपमा ढुंगा खसेको थियो। घटनामा स्याङ्जाको चापाकोट नगरपालिका–५ का चालक डिलु थापा घाइते भएका छन्। स्थानीय र प्रहरीले जिपका अन्य यात्रुको उद्धार गरेका थिए। ढुंगा खसेपछि अहिले सो राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *