किन दिइएन कोरोना बिमाको भुत्तानी ?

डिसी नेपाल
१९ साउन २०७८ ७:१४

काठमाडौं । कोभिड १९ संक्रमण सुरु भएसँगै निर्जीवन बिमा कम्पनीहरुले भटाभट कारोना बिमा पोलिसी ल्याए । सुरुआती चरणमा बिमा गर्न प्रतिस्पर्धाजस्तै देखियो । हालसम्म बिमालेखा तथा बिमित संख्या १८ लाखभन्दा बढी पुगेको छ ।

तर, यसबीच कोरोना महामारी नपत्याउने गरी फैलियो । त्यसपछि बिमाबापत करिब १ लाख ३७ हजारको दाबी पर्यो । बिमितहरुले कम्पनीमा धाउन थाले । सुरुमा दाबी गर्नेले भुक्तानी पाए । अधिकांशले सम्झौता गरेको ५० हजारदेखि १ हजार रुपैयाँसम्म लिन पटक पटक धाएका छन् । तर, भुक्तानी पाउने ३५ हजार जना मात्रै छन् । बाँकी १ लाख २० हजारभन्दा बढीले अझै पाएका छैनन् ।

भुक्तानी दाबी गर्नेहरुको संख्या अझै बढ्दै गएको नेपाल बिमक संघका महासचिव चंकी क्षेत्री बताउँछन् । क्षेत्रीकाअनुसार दाबीबापत साढे ३ अर्ब रुपौयाँ भुक्तानी भइसकेको छ। यभन्दा माथिको भुक्तानी सरकारको दायित्व भएको तर निकासा नगरेको उनको गुनासो छ । उनकाअनुसार यसो हुँदा कम्पनीमा बिमितबाट धम्की आउन थाल्यो । त्यसपछि संघले बिमा समितिमा छिट्टै दाबी भुक्तानीको रुकम निकासाको अनुरोध गर्दै दाबी भुक्तानी स्थगनको पत्र बुझाएको उनको भनाइ छ । ुकोरोना बिमा सरकारले ल्याएको कार्यक्रम हो । सुरुमा बिमा सरकारले ल्याएको कार्यक्रम हो । अन्नपूर्णपाेष्ट दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *