गर्लफ्रेण्डलाई कारको छतमा बाँधेर सहर घुमाए

डिसी नेपाल
२१ साउन २०७८ ९:०६

काठमाडौं। गर्लफ्रेण्डको साथमा एक व्यक्तिले यस्तो काम गरे कि देख्नेहरु दंग परे ।ट्रस्ट टेस्ट स्टन्टको क्रममा उनले आफ्नी गर्लफ्रेण्डलाई कारको छतमा बाँधेर सहर घुमाए । यस क्रममा सयौं मानिसहरुले उनीहरुलाई हेरिरहे । घटना रुसको हो । सामाजिक संजाल इन्फ्लुएन्सर सर्गेइ कोसेन्कोले यस्तो हर्कत गरे कि उनको भिडियो भाइरल भयो ।

भिडियोमा सर्गेइ आफ्नी गर्लफ्रेण्डलाई कारको छतमा बाँधेर सहरमा निस्किए । यस क्रममा सर्गेइको एउटा हात हथकडीले गर्लफ्रेण्डको हातसँग बाँधिएको थियो । उनले गर्लफ्रेण्डलाई छतमा डोरी र टेपले बाँधेका थिए । कार सर्गेइले चलाइरहेका थिए । उनले मस्कोको सडकमा लग्जरी बेन्टली कार दौडाइरहेका थिए । उनले एउटा हात बाहिर निकालेर गर्लफ्रेण्डको हात समातेका थिए ।

सर्गेइ र उनकी गर्लफ्रेण्डले आफूहरुले ट्रस्ट टेस्ट गरिराख्ने र यो त्यसैमध्येको एक भएको बताएका छन् । रिपोर्टका अनुसार यो हर्कतको लागि पुलिसले सर्गेइमाथि भारी जरिवाना लगाएको छ । सामाजिक संजालमा पोस्ट गरिएको भिडियोको आधारमा पुलिसले थप कारवाही अगाडि बढाएको छ । यो भिडियोका कारण सर्गेइको आलोचना भइरहेको छ । ट्रोल भएपछि उनले यसको लागि माफी मागेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *