खोप प्रमाणीकरणमा समस्या, अब आयुर्वेद केन्द्रबाट दिइने

डिसी नेपाल
२१ साउन २०७८ १४:०१

काठमाडौं । सुरुदेखि नै विदेश जाने नेपाली श्रमिकहरूले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन समस्या भोग्दै आएका छन् । सोही समस्यालाई मध्यनजर गर्दै पछिल्लो सयम विदेश जाने नेपालीहरूका लागि ‘क्युआर कोड’सहितको खोप लगाएको प्रमाणपत्र दिन राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई जिम्मा दिइएको छ ।

वैदेशिक रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामको लागि विदेश जानेहरूलाई कीर्तिपुरमा रहेको केन्द्रबाट ‘क्युआर कोड’सहितको खोप प्रमाण प्रदान गरिने भएको हो ।

यसअघि सरकारले तोकेका अस्पतालहरूमा विदेश जाने युवाहरू खोप प्रमाणीकरणका लागि घन्टौं लाइनमा बस्ने गर्थे । लाइमा बस्दासमेत प्रमाणीकरण गर्न नपाएर कयौं युवा विदेश जानबाट पछि धकल्लिएका थिए ।

साथै, प्रमाणीकरणभन्दा पहिले टिकट काट्दा समयमा खोप प्रमाणीकरण नभएर टिकट रद्द गर्नुपर्ने र श्रमिकलाई थप आर्थिक भार पर्ने गरेका घटना प्रशस्तै थिए । र, श्रमिकहरूले ‘क्युआर कोड’सहितको प्रमाण सहज रूपमा पाउनु पर्ने भन्दै काठमाडौंमा आन्दोलनसमेत गरेका थिए ।

पछिल्लो समय कुवेतलगायत वैदेशिक रोजगारका गन्तव्य मुलुहरूले ‘क्युआर कोड’सहितको खोप लगाएको प्रमाण माग्ने गरेकाले नेपाल सरकारले पनि पछिल्लो समय ‘क्युआर कोड’मार्फत नै खोप प्रमाणीकरण गर्न भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *