तालिबानद्वारा अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा

डिसी नेपाल
२२ साउन २०७८ २३:१७
816
Shares

काबुल (एजेन्सी)। तालिबानले अफगानिस्तानको एक प्रान्तीय राजनधानी कब्जामा लिएको छ। तालिबानी लडाकुले देशको दक्षिण पश्चिमी भागमा फैलिएको निमरोज प्रांतको राजधानी जरंजमा कब्जा गरेका छन्। शुक्रबार तालिबानले सो राजधानी कब्जामा लिएको बीबीसीले अधिकारीको हवला दिँदै जनाएको छ। यो राजधानी कब्जाले तालिबान लडाकुको मनोबल बढाउने विश्वास गरिएको छ।

अफगानिस्तानबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेना फर्किएसँगै तालिबानले आक्रमणलाई तिब्रता दिएको छ। तालिबान लडाकुले अफगानिस्तानका कैयौं सीमावर्ती क्षेत्रहरुलाई यसअघि नै कब्जामा लिइसकेको छ। राजधानी कब्जामा लिएको यो पहिलो घटना हो। २० वर्षपछि तालिबानले कुनै प्रान्तीय राजधानी कब्जामा लिएको यो पहिलो पटक हो।

सामाजिक सञ्जालहरुमा जरंजका सरकारी कार्यालयहरुमा स्थानीयहरुले लुटपाट गरेको भिडियोहरु सार्वजनिक भएको बीबीसीले जनाएको छ। एकजना तालिबान कमाण्डरले जितको घोषणा गरेको बताइएको छ। अफगान सरकारी अधिकारीहरुले भने सो प्रान्तीय राजधानी तालिबानको हातमा गएको पुष्टि गरेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *