बार्सिलोना छाड्नु परेपछि रुँदै पत्रकार सम्मेलनमा उपस्थित भए मेस्सी

डिसी नेपाल
२४ साउन २०७८ १७:०३
788
Shares

काठमाडौं (एजेन्सी)। स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट सो क्लबका पूर्वकप्तान लियोनल मेस्सी बाहिरिने निश्चित भएपछि उनले आइतबार पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा उनको आँखाभरी आँशु देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। उनले आफू बार्सिलोना छाड्ने तयारीमा नरहेको तर छाड्नुपर्ने अवस्था आएको बताएका छन्।

उनले भनेका छन्, ‘गत वर्ष म यो परिस्थितिका लागि तयार थिएँ। तर यो पटक थिइँन। परिवारसहित हामीले बार्सिलोनाको बसाइ लम्ब्याउने सोचेका थियौं।’ उनले आफू १३ वर्षको हुँदा बार्सिलोनामा आएको भन्दै २१ वर्षपछि श्रीमती र छोरासहित बाहिरिन लागेको बताए।

उनले आगामी भविष्यबारे पनि कुनै निश्चितता नभएको बताएका छन्। उनले अब कहाँ जाने भन्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएका छन्। अर्जेन्टिनी प्लेमेकर मेस्सी सर्वाकालिन महान फुटबलर हुन्। उनले बार्सिलानाका लागि दर्जनौं कीर्तिमान बनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *