एक किलो चरेशसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
२५ साउन २०७८ २१:१६

जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेशसहित एक नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भे १ ज ९०७ नम्बरको बोलेरो जीपमा चरेश ल्याइएको जानकारीका आधारमा प्रहरीले खानतलासी गर्दा ३१ वर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने उबेद खानलाई आज भेरी नगरपालिका–४ बाट प्रक्राउ गरिएको हो ।

भारतीय नागरिक अहमदलाई झोलामा लुकाइ राखेको एक किलो चरेश र उनको साथबाट रु ४५ हजार ५०० भारतीय रुपैयाँ र स्क्रिन टच मोबाइल एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथबाट नेपाली रुपैयाँ पाँच हजार भेटिएको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *