व्यंग्य : अम्रिकामा अंग्रेजीको दुख र प्रिन्सिपल सरको जवानी

डिसी नेपाल
३० साउन २०७८ ६:५८

हिउँद लागेपछि साइबेरियातिरबाट प्रबासी चराहरु, न्यानो र चारो खोज्दै दक्षिणी एसिया झरेजस्तै म, मेरी पोथी र हाम्रो बचेरोसहित यहाँ आइपुगेको पनि ६ महिना पूरा भएछ। आइमिन अम्रिका आइपुगेको दुई बर्ष पूरा भएछ।

चरो र चारोको सम्बन्ध जुन छ, त्यो संसारका सबै सम्बन्धभन्दा माथि छ। अपरिहार्य र जीबनपर्यान्त छ। किनभने , गोजेरो र गाँड भर्न चारो अनिवार्य सर्त हो।

यो दिब्यज्ञान प्राप्त गरिसकेपछि चारोको खोजीमा मैले पखेटा हालेको यो दोस्रोपटक थियो। योभन्दा अगाडि मध्यपूर्बको तातो खाडीमा मैले एक दशक चारो टिपिसकेको थिए। त्यसैले म एक कटिबद्ध चारोवादी चरो हुं । आइमिन चारोवादी मान्छे हुं भन्दा फरक पर्दैन।

हेर्नुस्! सर्बहारावादी, मार्क्सवादी, समाजवादी, साम्यवादी, गणतन्त्रवादी, राजावादी, लोकतन्त्रवादी , हिन्दुवादी, राष्ट्रवादीजस्ता एकसे एक वादीहरु जन्मिएको देश र युगमा जन्मिएर पनि, मलाई आफू चारोवादी मात्रै हुँ भन्नु पर्दा ठूलो लघुताभाष हुन्छ।

बडा बडा महापुरुषहरुका अगाडि आफूलाई एकदम लघुपुरुष भएजस्तो लाग्छ । तर म यी सबै महान महान वादीहरु हुन मन नलागेर आफ्नो मात्रै गाँड भर्न निस्किएको चारोवादी भएको होइन। म यी सबै हुन नसकेर, सीप नपुगेर , आँट नपुगेर , ढंग नजानेर , पार नलागेर मात्रै चारोवादी भएको हुँ। र यसरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले मनाउने भ्रमणबर्ष सन २०२० सुरु भएसंगै म चारोवादी भएर उडन थालेको डेड दशक पूरा भएको थियो।

त्यो बेला प्रचण्ड हुम भन्ने पुष्पकमल दाहाल, लालध्वज हुम भन्ने बाबुराम भट्टराई र खै कुन्नि के हुम भन्ने ,कृष्णबहादुर महराजस्ता नेताहरू किन महान क्रान्तिकारी, जनवादी, सर्बहारा र जनताका नेता हुन र ज्ञानेन्द्र शाह र पारस शाहहरु चाहिँ किन क्रुरतम तानाशाह हुन भनेर प्रमाणित गर्न मसँग भयानक भयानक १०१ थान तर्कहरु हुन्थे। तर जसै पर्दाहरु खस्दै गए र एकपछि अर्को दृश्यहरु मंचन हुँदै गए अभिनय गरिरहेका पात्रहरु खुईलिदै गए। अनि ती आफ्नो वास्तविक चरित्रमा तंछाड मछाड गर्दै प्रकट हुन थाले।

योभन्दा अगाडि भने म पुरै गैर–चारोवादी खेमामा थिएँ। अर्थात म पनि माक्सर्वादी, सर्बहारावादी, समाजवादी, राष्ट्रवादी, लोकतन्त्रवादी, क्रान्तिकारी कित्तामा थिए।

म क्यारेमका गुटी हान्दै, कसरी गाउँहरुलाई आधार इलाका बनाएर माओले चीनमा साम्यवाद ल्याए,कसरी विस्तारवादी र साम्राज्यवादी मिलेर मदन भन्डारीलाई खोलामा हाले, कसरी र किन नेपालमा सर्बहारा बर्गको शासन व्यवस्था नभई हुदैन भनेर दिनभरि चौकमा प्रशिक्षण हाकेर बिताइदिन सक्थें।

त्यतिमात्र होइन, त्यो बेला प्रचण्ड हुम भन्ने पुष्पकमल दाहाल , लालध्वज हुम भन्ने बाबुराम भट्टराई र खै कुन्नि के हुम भन्ने ,कृष्णबहादुर महराजस्ता नेताहरू किन महान क्रान्तिकारी, जनवादी, सर्बहारा र जनताका नेता हुन र ज्ञानेन्द्र शाह र पारस शाहहरु चाहिँ किन क्रुरतम तानाशाह हुन भनेर प्रमाणित गर्न मसँग भयानक भयानक १०१ थान तर्कहरु हुन्थे।

तर जसै पर्दाहरु खस्दै गए र एकपछि अर्को दृश्यहरु मंचन हुँदै गए अभिनय गरिरहेका पात्रहरु खुइलिँदै गए। अनि ती आफ्नो वास्तविक चरित्रमा तंछाड मछाड गर्दै प्रकट हुन थाले। यस्तो दृश्य देखेपछि मेरो बर्तमान मै तिर फर्किएर बेस्सरी हास्न थाल्यो र मेरो भविष्य डाको छोड्न थाल्यो। त्यो हंसाइ र त्यो डाको छोडाइले म झसंग भए।

मलाई आफू उपयोगमा परेको अनुभव भयो। आफू सिँडी भएजस्तो लाग्यो। त्यति मात्रै लागेन मलाई आफू संसारको सबैभन्दा पट्मुर्ख हुँ जस्तो लाग्यो। त्यही दिन मैले महानहरुको पिछ्लग्गु हुन छाँडे र आफ्नै र आफ्नाहरुको पेट र चारोमा ध्यानकेन्द्रित गर्न थाले। यसरी ध्यानस्थ मुद्रामा केही दिन घर बसेपछि मलाई अचानक भगवान गौतम बुद्धलाई जस्तो ज्ञान प्राप्त भयो। अचानक प्राप्त भएको ज्ञानले ,संसार बदल्छु भन्ने हावादारी कुरा छाड सन्ते! गाँड/गोजेरो भर्न तिर लाग सन्ते! भनेर आकाशवाणी गर्‍याे

अनि मलाई पनि हो जस्तो लाग्यो । यसरी लाग्ने बित्तिकै पेटको भोक र साहुको ऋण बढी महत्वका र बतासे वादहरु कम महत्वका लाग्न थाले। चारो अपरिहार्य र नाराहरु ललिपप झै लाग्न थाले। अनि मैले प्रशिक्षणमा जान, हातमा गोबर बोकेर पोस्टर टाँस्न, ढुंगा हान्न र नारा लगाउन, जिन्दावाद र मुर्दावाद भन्न अस्विकार गरे । बरु मैले खाडीको ५० डिग्री तापक्रम स्वीकार गरें र पन्द्र बर्ष अगाडि म पखेटा हालेर चरो बने।

जुन दिन मैले पखेटा हालेर चरो बने, म अरु सबै वादहरु त्यागेर चारोवादी बने र आजपर्यान्त चारोवादी नै छु । आजकल मलाई आफू चारोवादी मात्रै भएकोमा महापुरुषहरुका अगाडि उस्तो लघुतावास हुँदैन ।

तर हेर्नुस ! प्रबासी पंक्षी भएर चारो मात्रै जुटाउन पनि सजिलो भने छैन । देश बदल्न, भेष बदल्न र भाषा बदल्न कहाँ सजिलो हुन्छ र !
नयाँ गुण, नयाँ परिवेश , नयाँ संसारमा – सबथोक नयाँ छ। दाह्री जुंगा फुल्दै जान लागेका बेला भर्खरै जन्मिएकोजस्तो हुनुको पिडा भनी नसक्नु छ।  हो, अहिले म भर्खरै जन्मिए जस्तो भएको छु। म ६ महिनाको भएको छु। तर भोक लाग्दा दूध चुसाउने आमा छैनन् । रु“दा फकाउने बाउ छैनन्। ६ महिने अधबैंसे शिशु आफै बाँच्नु छ र थप दुई थान ज्यान अरु पाल्नु छ।

क्रान्तिकारी, माक्र्सवादी ,समाजवादी, लोकतन्त्रवादी जस्ता महान वादीहरुका दुख पनि महानै हुन्छन् । उदेश्य नै महान जुन छ उहाँहरुको । महान उदेश्य प्राप्त गर्न छोरी , बुहारी , भाइ , सालो सबैलाई मेयर, मन्त्री, राजदुत बनाएर काममा जोताउनु भएको छ।

बिचरा उहाँहरु पनि बाउ, दाजु, ससुरा, भिनाजुको समृद्धि ल्याइदिन नाईनास्ती नगरी काममा जोतिइरहनु भएको छ । रेल ल्याउनु छ, पानी जहाज ल्याउनु छ। पानीजहाज आएपछि चलाउन मिल्ने समुन्द्र ल्याउनु पर्ने हुनसक्छ। सिन्धुपाल्चोकको मेलम्ची खोलो डोकामा बोकेर काठमाडौ झार्नु छ।  मलाई थाह छ यी महान दुखका अगाडि मेरो दुख कहन योग्य छैन।

तर म र म जस्तै गाँड र गोजेरो भर्नकै लागि मात्रै बाँचिरहेका लघुपुरुषहरुका दुखहरु पनि त कसैले न कसैले सुन्दिन परो नि बाबा । ती पनि कम्ति मार्मिक छैनन् भनेर बुझ्दिन पर्यो । खासमा आज म आफ्ना तिनै झिनामसिना, ससाना त तुच्छ दुखहरु बिसाउँ भनेर आएको हुँ।

अब सबैभन्दा दुख अंग्रेजीको छ। छन् त यो दुख मातृका यादबहरुलाई पनि छ । तर मेरो दुख बडी दुःखद् छ । मातृका यादबले त चाहेका भए दोभाषे पाउँथे । तर म माथि त अंग्रेजी घ्याप्पसंग घोडा चडी नै सकेको छ र मलाई दोभासेको बिकल्प पनि उपलब्ध छैन । मेरो लगाम अंग्रेजीको हातमा छ , उसको चाक मेरो पिठ्युँमा छ।

उ हट् घोडा हट् गर्छ, चाबुक लगाउछ, दौडाउन खोज्छ तर मेरो खुट्टो राम्रोसँग उचालिन मान्दैन। म कनिकुथी सरकारी स्कुलमा गोबिन्द सरले सिकाएको अंग्रेजी सकेसम्म पर पुगोस भनेर कनेर प्रक्षेपण गर्ने कोसिस गर्छु।

तर प्रत्येक पल्ट मेरो प्रक्षेपणको प्रयास असफल हुन्छ र मेरो निष्प्राण अंग्रेजी फ्यात्त भुँईमा झर्छ। म हैरान हुन्छु। म भन्दा बढी हैरान अगाडिको श्रोता हुन्छ। यो दोहोरो हैरानीले म भित्र अथाह दुखको सागर निर्माण भएको छ। अब तपाईंलाई सन्तेलाई त अग्रेजी आउदै आउदो रहेनछ भन्ने लाग्न सक्छ। तर कुरो त्यसो होइन। मलाई अग्रेजी आउँछ। अंग्रेजी कम टु मी।

अब सबैभन्दा दुख अंग्रेजीको छ। छन त यो दुख मातृका यादबहरुलाई पनि छ। तर मेरो दुख बडी दुःखद् छ। मातृका यादबले त चाहेका भए दोभाषे पाउँथे । तर म माथि त अंग्रेजी घ्याप्पसंग घोडा चडी नै सकेको छ र मलाई दोभासेको बिकल्प पनि उपलब्ध छैन। मेरो लगाम अंग्रेजीको हातमा छ, उसको चाक मेरो पिठ्युँमा छ। उ हट् घोडा हट् गर्छ, चाबुक लगाउछ, दौडाउन खोज्छ तर मेरो खुट्टो राम्रोसँग उचालिन मान्दैन।

खाडीमा बस्दा मैले मिश्र देशका मिश्री भनिने नागरिकलाई कयौंपटक अंग्रेजी सिकाएको छु। जस्तो सुकुल फिलेल भनेको नाईट ड्युटी , सुभा भनेको मर्निङ, मासलामा भनेको बाईबाई , फुलुस भनेको मनि, मिया भनेको हन्ड्रेड आदि/ इत्यादि । तर अरबमा जति ज्ञान बाँडे पनि अरबको अंग्रेजीले अम्रिकामा खुट्टो उचाल्न सकेको छैन भन्न मात्रै खोजेको हो। दुखको कारण यही हो।

अंग्रेजी नै आउदै नआउने भन्ने चाहिँ होइन । उहीँ बाहिर उभिरहने खालको अंग्रेजी चाहिँ आउदैन। आईमिन आउटस्ट्यान्डिङ इङ्लिस नट कमिङ। भगवान गौतम बुद्धले संसार दुख हो भन्नुभएको छ र दुखको कारण छ भन्नुभएको छ । अब अग्रेजी आइआइ पनि यो अवस्था आइपर्नु भनेको दुख हो । र म, मेरा दुखको कारणबारे यहाँ चर्चा गर्न चहन्छु।

म थोरै अंग्रेजी र मेरो सम्बन्धको पृष्ठभूमिमा प्रवेश गरेर तपाईंलाई मेरा दुखको कारण बताउन चहन्छु। थोरै हाम्रो सम्बन्धको बारेमा प्रकाश पार्न चाहान्छु, ताकि तपाईंलाई पनि मैले प्रक्षेपण गरेको अग्रेजी किन सफल हुँदैन भनेर जानकारी होस।

हेर्नुस ! तिनताका म शिशु कक्षामा पढ्थे र पढ्थे सरकारी स्कुलमै । यता हाम्रा गोठमा गतिला गतिला गुजराती भैंसीहरु पालिएका थिए । अनि हाम्रोबाट दूध ठेक्कामा लैजानेमध्ये एकजना बोर्डिङ स्कुलका पिन्सिपल थिए। पिन्सिपल दुध लान्थे। मिस र हाम्रो एउटा भैंसी संजोगले सँगै सुत्केरी भएका थिए।

त्यसैले पिन्सिपल सर हाम्रो सुत्केरीको घ्यु, उनकी सुत्केरीलाई ख्वाउन लिएर जान्थे। कहिलेकाही उखर्माउलो गर्मी हुँदा दही पनि लान्थे । मोही हाम्रा बाले अरुलाई जस्तै पिन्सिपल सरलाई पनि सित्तैमा दिन्थे। दुध, दही, घ्यु बेच्नु , मही सित्तैमा दिनु र यसो मानमनितो राखेर भेट्दा नमस्कार बजाउनु आफ्नो ठाँउमा भए पनि हाम्रा बा, अंग्रेजी पढेको मान्छे काम लाग्दैन भन्ने मान्यतामा दृड हुनुहुन्थ्यो।

त्यसैले म घर नजिकैको सरकारी स्कुलमा पढ्थे। टिपिनमा भागेर घर आँउथे। भैंसी चराउँथे। चराउँदै चराउँदै भैंसीलाई लिएर आहालमा जान्थे। भैंसी आहल बस्थ्यो। म पौडी खेल्थे। अनि चिसो भैंसीको डडाल्नोमा बसेर पुनः भैंसी चराउदै चराउदै घर फर्किन्थेँ। बेलुका भुँडी चर्किने गरि त्यही भैंसीको दूध हालेर भात खान्थेँ।बिहान त्यही भैंसीको दूध हालेर बासी भात खान्थे र कट्टु तान्दै टिपिनसम्मलाई स्कुल कुद्थे ।

कथा यहाँसम्म पुग्दा मेरो जिन्दगीमा अंग्रेजी प्रवेश भएको थिएन। त्यसो भए कहिले भयो त मेरो जिन्दगीमा अंग्रेजीको प्रवेश ? भयो कहिले त भन्दा पिन्सिपल सरले हाम्रा बालाई तिर्नुपर्ने दुध, दही र घ्युको रकम नतिरेपछि कथाले अर्कै मोड लिन जाँदा अंग्रेजीले मेरो जिन्दगीमा प्रवेश पायो। महिना बित्यो। ६ महिना बित्यो। हेर्दाहेर्दै बर्ष नै बितेर गयो तर पिन्सिपल सरले तिर्नुपर्ने रकम तिरेनन्।

बाको उठ्ती रकम उठेन। बाले सक्दो प्रयास गरे। आमाले सम्झाइन्। तर कसैगरी पिन्सिपल सरले पोइसो तिरेनन्। अब नभएर तिरेनन् कि, दिन मन नलागेर तिरेनन कि अथवा मलाई बोर्डिङ स्कुल जान लेखेको रहेछ र तिरेनन त्यो दैब जान्दछन । म जान्दिन।

अब तपाईंलाई सन्तेलाई त अग्रेजी आउँदै आउँदो रहेनछ भन्ने लाग्न सक्छ। तर कुरो त्यसो होइन। मलाई अग्रेजी आउँछ। अंग्रेजी कम टु मी। खाडीमा बस्दा मैले मिश्र देशका मिश्री भनिने नागरिकलाई कयौंपटक अंग्रेजी सिकाएको छु। जस्तो सुकुल फिलेल भनेको नाईट ड्युटी , सुभा भनेको मर्निङ, मासलामा भनेको बाईबाई , फुलुस भनेको मनि, मिया भनेको हन्ड्रेड आदि/इत्यादि।

म के मात्रै जान्दछु भने, हाम्रा बाको एउटा गर्बिलो इतिहास थियो र अझैसम्म पनि छँदैछ। कीर्तिमानी ऐतिहाँसिक दस्तावेजमा स्वर्ण अक्षरले के लेखिएको छ भने– हाम्रा बाको चाराना दाम आजसम्म कसैले हजम गर्न सकेको छैन र कसैले हजम गरुँला भनेर नचिताए पनि हुन्छ । बाको अटल मान्यता के छ भने, चाराना पैसो कसैको खान पनि हुँदैन र चाराना पोइसो कसैलाई छोड्न पनि हुँदैन।

यो बाको अटल मान्यता हो। अब दार्जिलिङ तिरबाट आएर बोर्डिङ स्कुल खोलेका नयाँ माड्सापलाई बाको इतिहास थाहा भएन कि कुन्नी ! उनले बाको पोइसो तिरेनन । बाको पोइसो उठने छाँट नदेखेपछि कथा अचानक रड्किएर अंग्रेजी मेरो जिबनमा प्रवेश गर्‍याे। अर्थात , बाको गर्बिलो इतिहास अक्षुण राख्न र ठेक्का लगाएको दुधको बक्यौता रकम चुक्ता गर्न/गराउन भनी म लिटिल एन्जल्स इङलिस मिडियम बोर्डिङ स्कुल भर्ना भए।

जिन्दगीमा पहिलोपटक त्यहीँ मेरो अंग्रेजी भाषासंग साक्षतकार भएको थियो । त्यही मैले जीबनमा दोस्रो भाषा पहिलोपटक सिकेको थिए । सिकेको नि के भन्नू ,सुँगाले गोपिकृष्ण रटेजस्तो रटेको थिए र ती गोपिकृष्ण यस प्रकारका थिए जसको साहराले म अरबमा अग्रेजी ज्ञान बाड्ने गर्थेँ।

गुड मर्लिङ सर।

गुड आफ्टर्नुन सर।

माई नेम इज सन्तोष चिमरिया।

आई रिड इन किलास वान।

अनि लास्टको गोपीकृष्ण चाहिँ ,आएम फाइन थ्याक्यु सर थियो।

हेर्नुस ! म घाँटीमा दाम्लो नबाँधी, खाँदै ,खेल्दै र थोरै पढ्दै स्वन्छ्न्दतापुर्बक हुर्किरहेको बालक थिएँ। मन लागे स्कुल जान्थे मन नलागे भुँडी दुखेको छ भनेर भन्दिन्थे। कक्षामा बस्न मन लागे बस्दिन्थे, मन नलागे रुख चडेर कलिला अम्बक सक्दिन्थे।

टिफिनमा भागेर साथीसंगीसंग पौडी खेल्न जान्थेँ। माछा मार्थे । बगरका ढुंगा बटुलेर गट्टी खेल्थे। घर फर्केर भैंसी चराउथे। बाख्रा चराउथेँ। दिनभरि खाली हिडेका फोहोरी खुट्टा लिएर खुत्रुक्क सुत्थे, निदाउथेँ।

भोलिपल्ट ब्युझिँदा उज्यालो भैहाल्थ्यो। अर्थात , जीवन र प्रकृतिसँग नजिक रहेर बालापनको जुन नैसर्गिक आनन्द हुन्थ्यो , त्यो म मजाले लिईरहेको थिए। तर मेरो नैसर्गिक आनन्द र स्वछ्न्दतालाई अपहरण गर्दै मेरो जीबनमा अग्रेजी एकाएक भिलेन बनेर हठात प्रबेश गर्‍याे।

अर्थात – म दाम्लोमा बाँधिएर बोर्डिङ भन्ने स्कुल जानुपर्ने भयो । परिणामस्वरूप, म आफ्नै भाषामा कोइलीजस्तो गाइरहेको र मजुरजस्तो नाँचिरहेको बालक एकाएक सुगा जस्तो रट्न र गोपीकृष्ण भन्न बाध्य बनाइएँ।

 

Johny, Johny,

Yes papa

Eating sugar

No papa

Telling lies

No papa

Open your mouth

Ha ha ha

अब यो रटाइमा मैले जम्माजम्मी बुझ्ने भनेको हाहाहाहा मात्रै हुन्थ्यो । बाँकी सबै गोपीकृष्ण ! जसरी सुगालाई गोपीकृष्णको अर्थ थाहा हुँदैन तर गोपीकृष्ण कन्ठस्थ हुन्छ , त्यसरी नै मलाई पनि यो इटिङ फिटिङ थाहा हुदैन्थ्यो।

मायाको पाठोको नाम चुलबुले थियो । ऊ सारै चकचके थियो, भनेको म सबै बुझ्थेँ। माया भनेको, पाठो भनेको, चुलबुले भनेको, चकचके भनेको सबै बुझ्थे। तर जोनी जोनी बुझ्दिन थिएँ। तर गोपीकृष्ण पार्थे । नपार्नुको विकल्प पनि थिएन। किनकि बोर्डिङ भन्ने तानाशाही साम्राज्य जुन छ, त्यो तिनवटा टाइमा टिकेको हुन्थ्योँ।

र अझैसम्म सम्म पनि हुँदो हो । रटाइ, घोटाइ र घाँटीको टाइ । अघिल्ला दुई बर्ष म कठोर तानाशाही साम्राज्यको बन्दी बनाइएं । त्यो कारागारमा रटाइ , घोटाइ र टाई नमिल्दा म मुर्गा बनाइए । कान समातेर घुडा टेक्न बाध्य बनाइए ।

नेपाली बोल्दा कलिला गालामा चड्कन खाएंँ। हुँदा हुँदा यसो बाटो घाटोमा धुलो खेल्दा, लुकामारी खेल्दा, सुसु गरेर कस्ले टाढा पुर्याउने बाजी खेल्दा, पौडी खेल्दा र घमाइलो दिनमा उभोंतिरका कंचनजंघा हिमालय शृङ्खलाका मनै हर्ने अनुपम सौन्दर्यको आनंद लिदै ,यसो खोलाको डिलमा आची गर्न बसेकोसम्म बोर्डिङका तानाशाही सिपाहीहरुले देख्न सकेनन् ।

त्यो देखेर भोलिपल्ट बेन्चमाथि उभ्याउथे । धुलो खेल्छ्स ? भागेर पौडी खेल्छ्स ? बाटो मुत्छ्स ? खोला खोला हग्छ्स ? भन्दै सोड्क्याउथे । कन्सिरी तान्थे । दिनभरी घुँडा टेकाएर राख्थे । कुखुरो बनाउथे ।

तर यसरी आफ्नै दूध खाएर हुर्किएको सानो बालकमाथि अत्याचार गरेपछि, हाम्री काली भैँसीले त्यो अत्याचारी साम्राज्यको पिन्सिपल हुम भन्ने सेनापतिलाई श्राप दिई । अनि त्यही श्रापका कारण, दुई बर्षअगाडि खाएको हाम्री काली भैंसीको दुध र घ्यू पिन्सिपल सरलाई दुई बर्ष पछाडि अचानक लाग्यो र लाग्यो मजाले । हाम्री भैंसीमाताको दूध र घ्यूको प्रतापले पिन्सिपल सरको जवानी भित्रैबाट दूध उम्लिए जसरी उम्लियो ।

उम्लिएपछि पोखियो । कहाँ पोखियो भन्दा, अंग्रेजी ट्युसन पढ्न आउने अचार्ज गुरुकी कलिली छोरीमाथि पोखियो । अर्थात– जनजाति दार्जिलिङवाला माड्सापले उपाद्दे बाहुनकी ,त्यो पनि पूरा गाँउले पुरेत भनेर पुजेका अचार्ज बाजेकी एसएलसी दिन आँटेकी १६ बर्षे तरुनी छोरी लिएर टाप कसे ।

अचार्ज बुढा झन्डै गए तर मलाई भने माल परो। किनभने त्यो बोर्डिङ भनिने तानाशाही साम्राज्य सोभियत युनियन गर्ल्याम गुर्मुल ढले जस्तै ढल्यो । अर्थात् स्कुल बन्द भयो। म कैदमुक्त भए । दोस्रो बिश्व युद्दमा नाजी जर्मनी हारेर यहुदीहरु स्वतन्त्र भएजस्तै म पनि स्वतन्त्र भए ।

मेरो बालापनका नैसर्गिक अधिकारहरु पुनःस्थापित भए । म बाटामा सु गर्न डराइरहन नपर्ने भो । मैले खोलाका डिलमा आची गर्दा तर्सनु नपर्ने भो । धुलोमाटो जति खेले पनि हुने भो। अनि सबभन्दा ठूलो म रटाइ, घोटाइ र टाईबाट मुक्त भएँ। अनि म फेरि, त्यो बाख्राको कान जस्तो टाई फ्याकेर ,कट्टु तान्दै नजिकैको श्री सरस्वती प्राथमिक बिधालयमा भर्ना भएँ।
क्रमशः ………

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *