कविता : फरकधार

डिसी नेपाल
५ भदौ २०७८ ६:३६
156
Shares

उनको र मेरो गन्तव्यको दिशा एकै छ
र पनि अनुभूतिका दिशाहरु फरक छन्
विगत एकै थियो विकासको गति पनि
खै फरकधारको सृजना कता कताबाट
एक्कासि उदाङ्गिएर बेसुरले गाँज्न थाल्छ
उनि र म नचाहेको फरकधारमा क्रमश पुग्छौ
अनि सभ्यँतामा फरक धारहरू मडारिन्छन्।

विचारहरूको गन्तव्य शुन्य प्रष्ट देखिन्छन्
प्रश्न सभ्यँतामा निरन्तर अनुत्तरित रहेका छन्
र पनि फरकधार अनुसरणमा यन्त्रवत छ
धारहरू सभ्यताको आधारस्तम्भ हुने थियो
खै फरकधारको सृजना कता कता बाट
सभ्यतालाई ग्रसित गर्दै फुत्त भित्र छिर्छ
उनि र मलाई भिन्न कित्तामा धकेलिदिन्छ
अनि सभ्यता भित्र नराम्रो बिभेद गाँजिन्छ।

फरकधारहरू आफैमा पुर्णतामा छैनन्
धारणा बोक्नेहरू न आफैमा पूर्ण छन्
केवल सीको छ धारणाहरूको बिधिवत
किनकि जोड घटाउको नराम्रो अनमेल
सभ्यँतामा रमाउने मिठो अस्त्र वनेको छ
उ मेरो धारको अनि उनको धार फरक छ
अनेकन धारहरू खोजिन्छन सभ्यतामा
सभ्यँतामा फरकधार शक्तिमा गाँजिन्छ।

ठीक छैन धारहरू कसरी भन्नु दुविधा छ
ठीक छ कि जस्तो आभाष र विश्वास छ
फरकधारहरू सभ्यँतामा आफै हुर्काईन्छ
अनि टुक्रा टुक्रा हुन्छन् सभ्यँताका धारहरू
विभक्त हुन्छन् आफैमा शंका विकास हुन्छ
आफ्नैमा लडदै सभ्यँता भित्र जित जन्मिन्छ
फरकधारहरूमा सभ्यँताको इतिहास कोरिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *