दरबारमा नेवार गुरुज्यूहरुसँग राजाको परामर्श र २०४७ सालको अनिष्ट पूर्णिमा – Dcnepal

दरबारमा नेवार गुरुज्यूहरुसँग राजाको परामर्श र २०४७ सालको अनिष्ट पूर्णिमा

आज जनै पूर्णिमा तथा रक्षा बन्धनको दिन हो। यसपटकको जनै पूर्णिमा तथा रक्षा बन्धनको मुहुर्त र फलबारे म चर्चा गर्ने नै छु । प्रसंग २०४७ सालबाट शुरु गर्न चाहन्छु।

भर्खर भर्खर बहुदलीय शासन व्यबस्था लागू भएको थियो। अर्थात् केही महिनामात्रै भएको थियो बहुदल घोषणाको। संविधान बनिसकेको थिएन। राजाले सक्रिय शासन दलका नेताहरुलाई जिम्मा लगाइबक्सेको थियो।

मलाई याद छ २०४७ सालको श्रावण शुक्ल पूणिमाको दिन ग्रहण परिदियो। ग्रहण लागेको पूर्णिमामा रक्षा बन्धन गर्नु उपयुक्त थिएन त्यसैले त्यसको १० दिनपूर्व पर्ने नाग पञ्चमिको दिन नै रक्षा बन्धन गर्नुपर्छ भन्ने धारणा राजदरबारमा प्रस्तुत भए।

संक्रान्ति ग्रहण परेमा नाग पञ्चमिकै दिन उपा कर्म रक्षावन्धन गर्नुपर्छ भनेर हाम्रा प्रातस्मरणीय ऋषि महर्षिले धर्मशास्त्रमा बताएकाले तदनुरूप नै गर्ने भनेर तत्कालीन वडा गूरूज्यू स्व अम्विकाप्रसाद अधिकारीज्यूले श्री ५ महाराजाधिराज बीरेन्द्रमा जाहेर गर्नु भएको थियो।

बडागुरुज्यूले महाराजधिराजमा यो कुरा जाहेर गर्नु एक महिनाअघि नै राजदरबारका गुरु पुरोहित एवं ज्योतिषहरु बीच छलफल भएको थियो। सो छलफलमा पूर्णिमाको दिन ग्रहण लागेमा नाग पञ्चमीकै दिन रक्षा बन्धन गर्नु शास्त्रसम्मत हुनेबारे सबैको एकमत भएको पनि थियो।

परम्पराको पालना शाहवंशीय राजाहरुले मात्र गर्नुपर्ने, अहिलेका शासकले नगरे पनि हुने हो र? खै त उपत्यकाका मूलवासी नेवार समुदायको आवाज ? किन बोल्न सकेका छैनन्?

बडागुरुज्यूले नाग पञ्चमीमै रक्षा बन्धान गर्नुपर्ने कुरा जाहेर गरेपछि महाराजधिराजले मलाई मात्र साइत भएर भएन अरु जनताले आफ्नो प्रचलित चाडलाई कसरी र कहिले मनाउँछन् भन्ने मुख्य कुरा हो त्यसबारे परामर्श गर्नु जरुरी छ भनेर हुकुम भएको थियो।

किनकि काठमाडौं उपत्यकामा नेवार समुदायले मनाउने गरेको रक्षा बन्धनलाई असर पुग्नु नहुने राजा बीरेन्द्रको धारणा थियो। उहाँले नेवार समुदायका राजोपाध्याय गुरुहरुलाई नारायणहिटी राजदरबारमै बोलाएर आवश्यक परामर्श गरेरमात्रै नागपञ्चमीमा रक्षा बन्धन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने हुकुम भयो।

कसैको पनि परम्परालाई असर गर्नु नहुने र राजाले त्यस्ता परम्पराको सम्मान गर्नुपर्ने मत मौसुफको थियो। राजाको इच्छाबमोजिम नै राजोपाध्याय गुरुहरुलाई नारायणहिटीमा बोलाइयो र महाराजधिराज वीरेन्द्र स्वयंले नै नेवार समुदायका गुरुज्यूहरुलाई रक्षा बन्धन कहिले मनाउने भन्ने प्रश्न गरिबक्सेको थियो।

म आफै कुरा गर्छु भन्ने राजाको हुकुबमोजिम राजोपाध्यायहरु नारायणहिटी राजदरवारको त्रिशुल सदनमा निम्त्याइएका थिए। उनीहरु आएपछि महाराजधिराज स्वयंले ‘तपाईहरूले मलाई रक्षावन्धन कहिले पठाउनु हुन्छ ? कुन दिन लगाउने हो ? तपाईंहरूले कुन दिन मनाउने हो? भन्ने प्रश्नहरु गरिबक्सेको थियो।

राजाबाट यस्तो सोधनी हुँदा राजोपाध्यायहरुबाट नागपञ्चमीकै दिन मनाउने, यो नै शास्त्रसम्मत भएको र तदनुरूप नै गर्ने भनी जाहेर गरेका थिए। उनीहरु र बडागुरुज्यूको राय समान भएपछि राजा प्रसन्नमूद्रामा ‘ल तपाईहरुले जे भन्नुहुन्छ,त्यसै गरी मनाउने’ भन्ने हुकुम भएको थियो।

राजापाध्याय हरुले गर्ने उपाकर्मलाई पनि राजदरवारबाट पूजासामाग्री अघिल्लो दिन रक्षावन्धनभन्दा एक दिन अगावै पठाइन्थ्यो। दरवारका मूलपूरोहित र राजोपाध्यायले मात्र रक्षावन्धनको पूजाखर्च पाउँथे।

जितेर पनि हार्ने शाह वंशीय राजाहरु। संस्कार र संस्कृतिमा बाधिएको नारायणहिटी राजदरवार। केही पुराना कुराहरू याद गर्दै जाँदा राष्टनिर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका विजय गरिसकेपछि पनि गोरखाली परम्परालाई यथावत् राखिवक्सदै उपत्यकाको रीतिरिवाजलाई आत्मसाथ गरिवक्सदै स्वीकारेका कुरा इतिहासको पन्नामा मात्र सीमित छैन भन्ने मलाई लाग्छ ।

सामान्यतया जनै पूर्णिमाको अगिल्लो दिन बेलुका भोलिपल्ट जनै पूर्णिमाको दिन स्नान गरिवक्सन भनेर पूजा कोठा राजदरवारबाट कर्म चलेका व्रतवन्ध भएका श्री ५ हरूमा प्रत्येकलाई टपरीमा गाईको गोवर, खरानी, माटो, अपामार्ग, दुवो, कुस राखेर पठाइन्थ्यो।

उपत्यकाका रीतिरिवाजलाई व्यवहारमा उतार्ने शाह वंशीय राजपरंपरा काठमाडौं उपत्यकाको कुमारी , तुलजा भवानी, खड्ग जात्रा, रक्षावन्धन अन्य विभिन्न प्रकारका जात्रा र पर्व राजाले मात्रै स्वीकार गरेकोले नै प्रष्ट हुन्छ।

यी जात्रा र पर्वमा अहिले थितिअनुसार नभएका धेरै कुराहरु देखिएका सुनिएका छन्। यसले स्वाभाविकरुपमा प्रश्न जन्माएको छ कि परम्पराको पालना शाहवंशीय राजाहरुले मात्र गर्नुपर्ने, अहिलेका शासकले नगरे पनि हुने हो र? खै त उपत्यकाका मूलवासी नेवार समुदायको आवाज ? किन बोल्न सकेका छैनन्?

मैले भोगेका स्व श्री ५ वीरेन्द्र र वर्तमान श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सधै मर्यादाको घेरोले बाधिएका राजा हुन्। सामान्यतया जनै पूर्णिमाको अगिल्लो दिन बेलुका भोलिपल्ट जनै पूर्णिमाको दिन स्नान गरिवक्सन भनेर पूजा कोठा राजदरवारबाट कर्म चलेका व्रतवन्ध भएका श्री ५ हरूमा प्रत्येकलाई टपरीमा गाईको गोवर, खरानी, माटो, अपामार्ग, दुवो, कुस राखेर पठाइन्थ्यो। मौसुफहरू हविष्य चोखो एक छाक खाएर वस्ने र भोलिपल्ट जनै नफेरी केही पनि नखाने।

प्राय श्री ५ मूमा वडामहारानी रत्नको रक्षावन्धन १२ बजे हुन्थ्यो। यदाकदा श्री ५ महाराजाधिराजको लागि शुभमूहुर्त १२ बजेपछि निस्कियो भने मुमा वडामहारानी पनि भौकै राज हुन्थ्यो। श्री ५ महाराजाधिराजको रक्षावन्धन नभै आफू लगाइवक्सन्न थियो। तर, यदि विहानै शभ मुहूर्त छ भने नारायणहिटीपछि निर्मल निवास, जीवन कुञ्ज, छाउनी वङ्गला, श्री ५ अधिराजकुमारी हेलेन त्यसपछि राजकुमार रविन्द्र शाह रविभवन कलंकी र त्यसपछि रमौलादेवी शाहकोमा रक्षा बन्धान हुन्थ्यो।

तर दरवारभित्र रहेका रानी साहेव, नानी वज्यैहरू भोको नवसुन भनेर यथासक्य बिहान ९ वजेभित्रै रक्षावन्धन गरिसकिन्थ्यो। कुनै पनि ब्रत पर्व र पूजा उपासना र आरधना आफू र आफ्ना लागि थिएन। सधै नेपाल र नेपालीका लागि थियो महाराजधिराजको।

२०४७ सालको जनै पूर्णिमाले निम्त्यायको नेपाल र नेपालीको अरिष्टतालाई २०७८ को जनै पूर्णिमाले अन्त पक्कै पनि गर्नेछ। किनभने २०७८ साल भद्र शुक्ल पक्ष विश्वघस्रपक्ष परेको छ यदि कुनै पक्षमा दुइटा तिथि छैन भने त्यस पक्षलाई विश्वघस्र पक्ष र रौरव काल पनि भनिन्छ।

तर, हामी आम जनमानसले नारायणहिटीको घेराभित्र खुबै मोजमस्ती गरेर बसेका छन् भन्ने दुश्प्रचारलाई बढी नै पत्यायौं। त्यहाँभित्रको यथार्थलाई बुझेनौं । आज राजोपाध्यायको उपाक्रमको कलश कहाँ कहाँ लान्छन्? खड्ग नसाटे पनि हुदो रहेछ।

यदि यसैगरी अहिलेका शासकहरूले शासन गर्दै गए र हामी सुतिरहने हो भने पक्कै पनि हनुमानढोका दरवार, पाटन दरवार, भक्तपर दरवारनिकट रहेका कुमारी, तुलजा भवानीको मन्दिरभन्दा ठूलो चर्च देख्न पाइने दिन टाढा छैन।

देश भित्रका धर्माचार्य पनि आफन्तलाई भोट माग्छन्, मठाधीश, पिठाधीशहरु राजनीतिक पार्टीका नेता बोकेर हिडिरहेका छन्। खै मेरो सनातन धर्मलाई जस्ले प्रहार गर्यो, जस्ले हामीवीच फुटाएर राष्टियता, हाम्रो एकतामा भाँजो हाल्यो त्यसैको झोले हामी बन्यौ । बाजेको पालाको खाट्मा सुत्ने राजा सामन्त कहलिए, बालुवाटार छिर्नासाथ दुई लाखको खाट चाहिने गणतन्त्र हामी भोग्दै छौं।

२०४७ सालको जनै पूर्णिमाले निम्त्यायको नेपाल र नेपालीको अरिष्टतालाई २०७८ को जनै पूर्णिमाले अन्त पक्कै पनि गर्नेछ। किनभने २०७८ साल भद्र शुक्ल पक्ष विश्वघस्रपक्ष परेको छ यदि कुनै पक्षमा दुइटा तिथि छैन भने त्यस पक्षलाई विश्वघस्र पक्ष र रौरव काल पनि भनिन्छ। ( पक्षस्य मध्यद्वितिथि पतेताम तदाभवेत रौरव कालयोग) यसैकारण यो शासन व्यवस्था चल्लाजस्तो लग्दैन। जस्ले जे भने पनि आफ्नो धर्म सस्कृति आफैं जोगाउनु हाम्रो दायित्व हो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो