११ हजार ३२६ जनाको परीक्षण गर्दा १ हजार ८०१ जनामा कोरोना संक्रमण
काठमाडौं । गत २४ घण्टामा नेपालमा ११ हजार ३२६ जनाको परीक्षण गर्दा १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९२४ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ६२२ परीक्षण गर्दा २५३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार साेमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ३५१ जना रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment