जेनेरेसन ग्याप र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण – Dcnepal

जेनेरेसन ग्याप र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण

जेनेरेशन ग्याप अर्थात् पुस्ताहरू बीच हुने अन्तर। पुस्ताहरू बीचको मनोवैज्ञानिक भिन्नता। यसलाई नेपालीमा पुस्तान्तर भनिन्छ। यदि पुस्ताहरू बीचको अन्तर बुझेर काम गर्न सकिएन भने यसले समाजमा समस्या निम्त्याउन पनि सक्छ।

एक पुस्ताले अर्को पुस्ताको मनोविज्ञान, आवश्यकता, भावना र चाहना बुझ्न नसकी पुस्तान्तरको कारण व्यक्ति, परिवार, समाज र राष्ट्रमा द्वन्द्वको अवस्था सृजना हुने गरेको छ।

बराजु-बराज्यै, बाजे-बजै, बाबु-आमा, छोरा-छोरी, नाति-नातिनी, पनाति-पनातिनी आदि पुस्ताका बीच विचार, व्यवहार, मूल्य मान्यता, संस्कारमा देखिने स्पष्ट अन्तर नै पुस्तान्तर हो। पुस्तान्तरको कारण घर परिवारमा कलह पनि सृजना हुनसक्छ। एक पुस्ताले अर्को पुस्तासँग सिक्नुपर्ने धेरै कुराहरू हुन्छन्।

प्रत्येक पछिल्लो पुस्ता आधुनिक ज्ञान, प्रविधि, सुविधा र सम्पन्नतामा अगाडि देखिएको हुन्छ। यसको विपरीत पुरानो पुस्तामा अनुभव बढी हुन्छ। धर्म, संस्कृति, मूल्य र मान्यतामा पुरानो पुस्ता बढी रूढिवादी देखिन्छ भने नयाँ पुस्ता लचकदार। पुरानो पुस्ताका मूल्य मान्यतालाई नयाँ पुस्ताले कु-संस्कार, विकृति, रूढिवाद, पाखण्डको रूपमा लिएको पनि देखिन्छ।

यसरी विचार, व्यवहार, सभ्यता, संस्कृति, मूल्य, मान्यता, सोच, मनोविज्ञान, प्रविधि, भाषाको प्रयोग, सूचनाको पहुँच आदिको कारण पुस्ताहरूका बीच जेनेरेशन ग्याप देखिने गरेको छ। समग्र समाज र देशको परिप्रेक्ष्यमा हेर्दा पुस्तान्तर राजनीतिको सोच र संस्कार, सार्वजनिक र निजी प्रशासनमा समेत ठूलो मात्रामा रहेको छ।

यसले समाज र राष्ट्रको विकासमा बाधा पनि पारिरहेको छ। देशको सबैभन्दा ठूलो जनसङ्ख्या वा ‌औसत उमेर समूहको सोचभन्दा भिन्न तरिकाले सरकार र कर्मचारीतन्त्रले व्यवहार गर्दा समाजमा निराशा देखिने गरेको छ। यो विश्वव्यापी समस्या नै हो। तर पनि विकासशील देशहरूमा यो समस्या बढी छ।

विश्वव्यापी रूपमा अहिले जीवित रहेका ७ पुस्ता छन्। नेपाल, दक्षिण एसिया र विश्वको पुस्तागत जनसङ्ख्याको तुलना तालिकामा प्रस्तुत गरिएको छ।

पहिलो पुस्ता – सन् १९०१ देखि १९२४ सम्म जन्मिएर पहिलो विश्व युद्धको प्रकोप भोगेका भेटरानहरू अर्थात् महान् पुस्ता (द ग्रेट जेनेरेशन) नै हाल जीवित रहेको पहिलो पुस्ता हो। यो पुस्ताका मानिसहरू हाल ९७ वर्ष देखि १२० वर्ष सम्मका छन्।

यो पुस्ताका मान्छेहरू अहिले विश्वमा कुल जनसङ्ख्याको ०.०६ प्रतिशत, दक्षिण एसियामा ०.०२ प्रतिशत र नेपालमा ०.०१ प्रतिशत मात्र छन्। विस्तारै संसारबाट यो पुस्ता हराउँदै छ। यस पुस्ताबाट इतिहासका धेरै आरोहावरोह सिक्न सकिन्छ।

नेपालको सन्दर्भमा यस पुस्ताको पूर्वार्द्धमा जन्मिएका कतिपयले सन् १९२० मा अन्त्य भएको सती प्रथा पनि थाहा पाएका छन्, भोगेका छन्। यस पुस्ताले सन् १९३४ (नब्बे साल) को भूकम्प र राणा शासन भोगेको छ भने २००७ सालको क्रान्तिमा भाग लिएको छ।

त्यस यताका सबै महत्वपूर्ण राजनीतिक परिवर्तन, सामाजिक र आर्थिक परिवर्तनको साक्षी छ। यस पुस्ताका जीवित मानिसहरूसँग कुरा गर्दा नेपालका पुराना प्रचलन, नेपाली मुद्राको त्यति बेलाको क्रयशक्ति आदिको बारेमा समेत थाहा पाइन्छ। उनीहरूका कुरा सुन्दा थाहा लाग्छ- डालोमा पैसा गन्ने प्रचलन, सुका धार्नी घिउ आदि।

पहिलो पुस्ताले नेपालमा सात सालको राणा शासनको अन्त्यका लागि क्रान्तिको नेतृत्व गरेको थियो। नेपालका चार महान् शहीदहरू मध्ये दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ यही पुस्ताका हुनुहुन्यो भने शुक्रराज शास्त्री भने सन् १८९४ अर्थात् यो पुस्ता शुरू हुनु भन्दा छ वर्ष अगाडि नै जन्मनु भएको भएपनि यही पुस्तासँग मिलेर देशका लागि बलिदान गर्नुभयो।

यही पुस्तामा मातृका प्रसाद कोइराला, टङ्कप्रसाद आचार्य, खड्गमान सिंह, रामहरि शर्मा, विश्वेश्वर प्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, सुवर्ण शम्शेर, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला जन्मनु भएको थियो।

यस पुस्ताका माथि उल्लिखित धेरैले सात सालको क्रान्तिको तथा केहीले छयालीस सालको आन्दोलन र त्रिसठ्ठी सालको गणतन्त्र ल्याउने आन्दोलनको समेत नेतृत्व गर्नुभएको थियो। यस पुस्ताका वीर गोर्खालीले मलाया र बर्माको लडाइ पनि लडेका थिए।

अहिले विश्वमा कुल जनसङ्ख्याको ०.०६ प्रतिशत, दक्षिण एसियामा ०.०२ प्रतिशत र नेपालमा ०.०१ प्रतिशत मात्र छन्। विस्तारै संसारबाट यो पुस्ता हराउँदै छ। यस पुस्ताबाट इतिहासका धेरै आरोहावरोह सिक्न सकिन्छ। नेपालको सन्दर्भमा यस पुस्ताको पूर्वार्द्धमा जन्मिएका कतिपयले सन् १९२० मा अन्त्य भएको सती प्रथा पनि थाहा पाएका छन्, भोगेका छन्। यस पुस्ताले सन् १९३४ (नब्बे साल) को भूकम्प र राणा शासन भोगेको छ भने २००७ सालको क्रान्तिमा भाग लिएको छ।

दोस्रो पुस्ता- सन् १९२५ देखि १९४५ सम्म जन्मिएका अर्थात् दोस्रो विश्वयुद्ध भोगेको मौन पुस्ता (द साइलेन्ट जेनेरेशन) नै दोस्रो पुस्ता हो। यस पुस्ताका मानिसहरू हाल ७६ वर्षदेखि ९६ वर्ष सम्मका छन्। यो पुस्तामा हाल विश्वमा कुल जनसङ्ख्याको ३.३९ प्रतिशत, दक्षिण एसियामा १.९७ प्रतिशत र नेपालमा १.९१ प्रतिशत मानिसहरू छन्।

यस पुस्ताले दोस्रो विश्वयुद्धको त्रासदी र त्यसपछिको पुनर्निर्माण भोगेको छ। हालको अमेरिका, युरोप र जापानको विकासको आधार यही पुस्ताले तयार पारेको थियो।

नेपालमा पनि युद्धका कथाहरू सुनाउने पुस्ता यही दोस्रो पुस्ता हो। यो पुस्ताले नाइन्टिन फाउन्टिनका कथाहरू सुनाउने गरेको छ। फोकल्याण्डको टापुको लडाइ लडेको छ।

अनि यस पुस्ताले पनि सात सालको राणा शासनको अन्त्यदेखिका यावत् घटनाक्रमहरूलाई नियालेको छ। २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको नेतृत्व गर्ने साहना प्रधान र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यही पुस्तामा जन्मनु भएको हो।

तेस्रो पुस्ता- सन् १९४६ देखि १९६४ सम्म अर्थात् दोस्रो विश्वयुद्ध पछि जन्मिएका धेरै बच्चा जन्माउने पुस्ता अर्थात् द बेबी बुमर्स जेनेरेशन नै तेस्रो पुस्ता हो। यस पुस्ताका मानिसहरू हाल ५७ वर्षदेखि ७५ वर्ष सम्मका छन्।

यो पुस्तामा हाल विश्वमा कुल जनसङ्ख्याको १४.९९ प्रतिशत, दक्षिण एसियामा ११.६० प्रतिशत र नेपालमा १०.३२ प्रतिशत मानिसहरू छन्। यो पुस्ता दोस्रो विश्वयुद्ध पछि जन्मिएको हो। यस पुस्ताले समाजवाद र पुँजीवाद बीचको शीतयुद्ध देखेको छ।

विकास र पुनर्निर्माणका लागि महत्वपूर्ण योगदान गरेको छ। यो पुस्ता हाल पेन्सन खाने उमेरमा छ। यस पुस्ताका मान्छे अलि हठी, इगो भएका र हत्तपत्त आफू गल्ती स्विकार्न नसक्ने र आफू नभए केही नचल्ने भन्ने सोचका छन्।

नेपालमा यो पुस्ताले पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनको नेतृत्वदायी भूमिका निभायो। नेपालमा गणतन्त्र ल्याउने आन्दोलनको नेतृत्व समेत गिरिजाप्रसाद कोइरालासँगै यही पुस्ताले गर्‍यो।

नेपालको वामपन्थी आन्दोलनलाई नयाँ विचारको रूपमा जनताको बहुदलीय जनवाद दिने जननेता मदन भण्डारी पनि यही पुस्ताको हुनुहुन्थ्यो। अहिलेको हाम्रो देशको राजनीतिक नेतृत्व यही पुस्ताको उत्तरार्द्ध उमेरमा रहेका शेरबहादुर देउवा, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, माधव नेपाल लगायतका व्यक्तिहरूले गरिरहनु भएको छ। राजनीतिमा पहिलो र दोस्रो तहका नेताहरू अधिकांश यही पुस्ताका छन्।

छैठौँ पुस्ता- सन् १९९७ देखि २०१० सम्म जन्मिएका मानिसहरूको समूहलाई जेड वा जी जेनेरेसन भनिन्छ। यस पुस्ताका मानिसहरू हाल ११ वर्षदेखि २४ वर्ष सम्मका छन्। यो पुस्ताका मानिसहरूको जनसङ्ख्या सबैभन्दा बढी छ। यस पुस्ताका मानिसहरू हाल विश्वमा कुल जनसङ्ख्याको २३.७४ प्रतिशत, दक्षिण एसियामा २७.४४ प्रतिशत र नेपालमा ३२.०६ प्रतिशत छन्।

चौथो पुस्ता- सन् १९६५ देखि १९८० सम्म जन्मिएका मानिसहरूको समूहलाई एक्स जेनेरेसन वा जेनियल्स भनिन्छ। यो नै चौथो पुस्ता हो। यस पुस्ताका मानिसहरू हाल ४१ वर्षदेखि ५६ वर्ष सम्मका छन्। यो पुस्तामा हाल विश्वमा कुल जनसङ्ख्याको १८.२० प्रतिशत, दक्षिण एसियामा १६.८० प्रतिशत र नेपालमा १४.७९ प्रतिशत मानिसहरू छन्।

नेपालको कर्मचारीतन्त्रको उच्च तहमा हाल यही पुस्ताको वर्चस्व छ। तर राजनीतिमा भने अघिल्लो पुस्ताले छोडेपछि आउने अवसर कुरेर बसेको छ। हाल यस पुस्ताका नेताहरू दोस्रो वा तेस्रो तहका नेताका रूपमा रहेका छन्।

पाँचौं पुस्ता- सन् १९८१ देखि १९९६ सम्म जन्मिएका मानिसहरूको पुस्तालाई वाई जेनेरेसन अर्थात् मिलेनियल्स (सहस्राब्दी पुस्ता) भनिन्छ। यो पाँचौं पुस्ता हो। यस पुस्ताका मानिसहरू हाल २५ वर्षदेखि ४० वर्ष सम्मका छन्।

यो पुस्तामा हाल विश्वमा कुल जनसङ्ख्याको २२.३९ प्रतिशत, दक्षिण एसियामा २४.०३ प्रतिशत र नेपालमा २२.१६ प्रतिशत मानिसहरू छन्। यो पुस्ताका मान्छेहरू अहिले विश्वव्यापी अवसरको खोजीमा छन्। उनीहरू राम्रो जागिर तथा राम्रो व्यवसायको लागि सङ्घर्षरत छन्।

नेपालमा कर्मचारीतन्त्रको मेरुदण्ड पनि यही पुस्ता हो। वैदेशिक रोजगारीमा गएर रेमिट्यान्स भित्र्याउने पुस्ता पनि यही हो। यस पुस्ताले शान्ति र स्थायित्व खोजेको छ। गरिखान देउ भन्ने सोच यस पुस्तामा छ। देश बनाउनु पर्ने सोच छ तर राजनीतिमा धेरै अवसर पाएको छैन र रुची पनि राख्दैन।

छैठौँ पुस्ता- सन् १९९७ देखि २०१० सम्म जन्मिएका मानिसहरूको समूहलाई जेड वा जी जेनेरेसन भनिन्छ। यस पुस्ताका मानिसहरू हाल ११ वर्षदेखि २४ वर्ष सम्मका छन्। यो पुस्ताका मानिसहरूको जनसङ्ख्या सबैभन्दा बढी छ।

यस पुस्ताका मानिसहरू हाल विश्वमा कुल जनसङ्ख्याको २३.७४ प्रतिशत, दक्षिण एसियामा २७.४४ प्रतिशत र नेपालमा ३२.०६ प्रतिशत छन्। यो पुस्ताका मानिसहरूमा प्रविधिको गहिरो असर छ। उनीहरू हाल सिक्ने उमेरमा नै छन्। यस पुस्ताले संसारलाई भर्चुअल संसारको रूपमा पनि बुझ्छ। सङ्घर्षको अभाव छ।

नेपालको सन्दर्भमा यस पुस्ताले सुविधा सम्पन्न जीवनको चाहना राख्छ। अति चाँडो परिवर्तनको चाहना राख्छ। यो पुस्ता पुलपुलिएर हुर्किएको पुस्ता हो। यस पुस्ताका मानिसहरूलाई पुराना पुस्ताको सोच रुढिग्रस्त र अव्यवहारिक लाग्छ भने पुरानो पुस्ताले यस पुस्तालाई कसरी गरिखाला भन्ने चिन्ता लिन्छ।

सातौं पुस्ता- सन् २०११ पछि जन्मिएका सबैभन्दा नयाँ पुस्तालाई अल्फा पुस्ता अर्थात् ए जेनेरेशन भनिन्छ। यस पुस्तामा हाल १० वर्ष मुनिका बालबालिकाहरू पर्छन्। विश्वमा कुल जनसङ्ख्याको १७.२३ प्रतिशत, दक्षिण एसियामा १८.१४ प्रतिशत र नेपालमा १८.७५ प्रतिशत यस पुस्ताका बालबालिका छन्। यो पुस्ताका कतिपय बच्चाहरू टेस्टट्युब बेबी तथा सेरेगेसी जस्ता प्रविधिको प्रयोगबाट जन्मिएका समेत छन् भने यस पुस्ताले जन्मँदै देखि उच्चस्तरीय प्रविधि भोगिरहेको छ।

प्रत्येक पुस्ताका आफ्नै मूल्य, मान्यता र चरित्र छन्, जुन अर्को पुस्तालाई अनौठो लाग्न सक्छन्। पुरानो पुस्ता धर्म, संस्कृति, रीति रिवाज, चालचलन, जातभात प्रति पनि संवेदनशील छ। नयाँ पुस्ताहरू पुरातन र रूढिवादी संस्कार मान्दैनन्। जातभातसँग मतलब छैन। बीचको पुस्ता धेरै लचकदार छ। पुराना कुरा पनि छोड्न चाहँदैन भने नयाँ प्रविधि र प्रचलन पनि उपयोग गरिरहेको छ। यो पुस्ता जतापनि मिल्न सक्ने छ।

नेपालको राजनीतिमा हाल बेबी बुमर्स जेनेरेशन हाबी छ। बेबी बुमर्स जेनेरेशनको उत्तरार्द्धमा पुगेका नेताहरूले नेपालको राजनीति अझै केही वर्ष छोड्न चाहेको देखिँदैन। नयाँ पुस्ताहरूलाई नेतृत्व हस्तान्तरणमा समस्या देखिएको छ। पुरानो पुस्ताको महत्वाकांक्षा अझै पूरा भएको छैन।

नेपालको हालको प्रमुख प्रतिपक्षी दलमा अवकाश हुने उमेर सत्तरी वर्ष तोकिएको भएपनि यो लागू भएको छैन। अझ विधान परिवर्तन गरी अवकाश उमेर बढाउने वा यसलाई हटाउने चर्चा छ भने अन्य दलमा भने यस्तो अभ्यास देखिएको छैन।

४०-७० वर्षसम्मका धेरै नेताहरू दोस्रो र तेस्रो तहमा रहेर मुख्य नेतृत्वको आकाङ्क्षी देखिएका छन्। उनीहरू कहिले पालो आउला भनेर पर्खेर बसेका छन्। तर यही तरिकाले पालो आउने छाँट देखिएको छैन। पालो आउँदा धेरै नेताहरू वृद्ध अवस्थामा पुगिसकेको स्थिति हुने देखिएको छ। अथवा होनहार र प्रतिभाशाली युवाले पनि अवसर नपाई गुज्रिनुपर्ने अवस्था छ।

प्रमुख राजनीतिक दलहरूमा मुख्य नेतृत्वमा रहेका नेताहरूको उमेर ७० वर्षभन्दा बढी छ। सत्तापक्ष तथा प्रतिपक्ष दुबैमा। मुख्य नेतृत्वको अवकाश स्वेच्छाले हुने देखिएको छैन। मृत्युमात्र अवकाश हो भन्ने जस्तो जबरजस्त सोच हाबी छ।

४०-७० वर्षसम्मका धेरै नेताहरू दोस्रो र तेस्रो तहमा रहेर मुख्य नेतृत्वको आकाङ्क्षी देखिएका छन्। उनीहरू कहिले पालो आउला भनेर पर्खेर बसेका छन्। तर यही तरिकाले पालो आउने छाँट देखिएको छैन। पालो आउँदा धेरै नेताहरू वृद्ध अवस्थामा पुगिसकेको स्थिति हुने देखिएको छ। अथवा होनहार र प्रतिभाशाली युवाले पनि अवसर नपाई गुज्रिनुपर्ने अवस्था छ।

नेपालको प्रशासनमा भने ५८ वर्षलाई अवकाश उमेर तोकिएकोले यस्तो समस्या छैन। अहिले प्रशासनको तल्लो र मध्य तहमा वाई पुस्ता बढी छ भने उच्च तहमा एक्स पुस्ताको वर्चस्व छ।

पुरानो पुस्तामा शरीर बूढो भए पनि मन भने तन्नेरी नै देखिन्छ। आफू नभए देश चल्दैन, दल चल्दैन, मैले नमरून्जेलसम्म पहिलो नेता भइरहनुपर्छ। अरू सबै मैले सिकाएका हुन् भनी नयाँ पुस्ताहरूलाई अवसर नदिने सोच हाबी छ। पुरानो पुस्तामा देखिएको यस्तो सोचले देशको विकासलाई पछाडि धकेलिरहेको छ।

प्रत्येक घर परिवारमा विवाहपछि छोरा बुहारी वा छोरी ज्वाइँलाई व्यवहार जिम्मा लाउने चलन छ। यो नयाँ पुस्तालाई अवसर दिने संस्कार हो। तर राजनीतिमा यो चलन आएन। समाजको सोच एकातिर तर दलहरू र सरकारको सोच अर्कोतिर देखिएको छ। जसरी घर परिवारमा नयाँ पुस्तालाई अवसर प्रदान गरी बराजु पुस्तादेखि देखि पनाति पुस्तासम्म मिलेर बसेका हुन्छन्।

त्यसरी नै पुरानो पुस्ताको इतिहास र अनुभवबाट सिकेर, उनीहरूलाई सम्मान गर्दै नयाँ पुस्ताले घर, परिवार, समाज र देशको वागडोर हातमा लिन अबेर गर्नु हुँदैन। पुरानो पुस्ताले ओगटेर बस्नुको कुनै तुक छैन। जसले गर्न सक्छ उसैलाई दिनुपर्छ। सल्लाह सबैको लिनुपर्छ।

सन् २०२१ मा नेपालको जनसङ्ख्या करिब २ करोड ९७ लाख पुगेको अनुमान छ। नेपालीहरूको औसत उमेर (मिडियन एज) २४.१ वर्ष छ। नेपालमा ४० वर्ष मुनिको जनसङ्ख्या ७२.९७ प्रतिशत छ। अहिले नेपाल योथ बल्ज वा जनसाङ्ख्यिक बोनसको अवस्थामा छ। यसलाई देशको विकासमा लगाउन सके अति चाँडो देश विकासको अवसर छ।

हामीलाई हाल दूरदृष्टि भएको नयाँ नेतृत्वको आवश्यकता छ। त्यस्तो नेतृत्व जसले आफूलाई वा व्यक्तिलाई गौण ठान्छ। देश बनाउन र पद्धति बसाउन चाहन्छ। देश धनी भए स्वतः आफू धनी बन्न सकिन्छ भन्ने ठान्छ। व्यक्तिगत स्वार्थमा अल्झँदैन।

कृपावाद र नातावादमा विश्वास गर्दैन। योग्यतामा विश्वास राख्छ। मानव पूँजीको विकासमा जोड दिन्छ। समयमा काम गर्न प्रतिबद्ध छ। राष्ट्र निर्माणभन्दा अरू विकल्प देख्दैन। आफ्नो स्वार्थका लागि देशलाई बन्धक राख्दैन।

पुरानो पुस्तासँग अनुभव छ भने नयाँ पुस्तासँग जोस र जाँगर छ। त्यसैले सबै पुस्ता मिलेर बस्नु र एक अर्कालाई सहयोग गर्नुको विकल्प छैन। तथापि पुरानो पुस्ताले अव कार्यकारी अधिकार लिन छोड्दै जानुपर्छ। यो संसारको नियम नै हो। नेपालमा पनि राजनीतिक नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न धेरै ढिलो भइसकेको छ।

राजनीति, सरकार, प्रशासन, व्यवसाय र समाजको नेतृत्व जनसङ्ख्याको दुई तिहाइभन्दा बढीको प्रतिनिधित्व गर्ने र दृष्टिकोण सहितको युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ। युवाहरूले आफ्नो स्पष्ट दृष्टिकोण बनाएर नेतृत्व लिन सक्षम रहेको प्रमाणित गर्ने बेला भइसकेको छ।

नयाँ पुस्ताले प्रक्रिया नभएर परिणाम हेर्ने प्रणाली स्थापित गर्नुपर्छ। अनि मात्र जेनेरेशन ग्यापका कारण सिर्जना भएका समस्या समाधान हुनेछन् र देशले विकासको गति समात्ने सम्भावना रहन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो