टेक्सासमा सञ्चालित नेपाली पाठशालाका कक्षा आगामी हप्ता देखि शुरु हुने

डिसी नेपाल
९ भदौ २०७८ २२:३४
492
Shares

टेक्सास । नेपाली समाज टेक्सासले सञ्चालन गर्दै आएको Fall Session कक्षा आगामी हप्ता(अगष्ट २८) बाट शुरु हुने भएकाे छ । Fall Session कक्षामा भर्ना हुन सम्पूर्ण नेपालीहरुलाई नेपाली पाठशालाका प्रिन्सिपल विजयराज भट्टराइले अनुरोध गरेका छन्। पाठशाला अनलाइन सञ्चालन हुँदै आइरहेको छ।

यस स्कूलमा बाल-बालिकाहरुलाई बिभिन्न ६ बिषयमा ७ शिक्षकहरुले अनलाइन पढाउने गरि तयारी गरिएको जानकारी स्कूलका प्रिन्सिपल विजयराज भट्टराइले गराए। बिगतका सेसनहरु झैँ यसपटक पनि यो अनलाइन स्कूल संसार भरिका जो सुकै नेपाली बालबालिकाहरु पनि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ।

स्कूल भर्ना गर्नको निमित्त याे लिङ्कमा क्लिक गरेर फर्म भरेर, प्रति बिषय, प्रति बिद्यार्थी $२५ . ०० शुल्क तिर्नुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *