ओमानमा नेपाली क्रिकेट टोलीको पहिलो अभ्यास

डिसी नेपाल
११ भदौ २०७८ ७:०८
84
Shares

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि ओमान पुगेको नेपाली टिमले पहिलो दिनको प्रशिक्षण गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार ओमान पुगेको टोलीले पहिलो प्रशिक्षण पूरा गरेको जनाएको हो। ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको थियो । तीब्र गतिका बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्।

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज २८ भदाैदेखि ४ असोजसम्म आयोजना हुनेछ। सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।

नेपाली टिम 
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *