थप २ हजार ६५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

डिसी नेपाल
११ भदौ २०७८ १६:०८
244
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार ११७ जनाको परीक्षण गर्दा २ हजार ६५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ३३७ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७५२ पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३६५ परीक्षण गर्दा ४८८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *