बहुविवाहका अभियुक्त १३ वर्षपछि पक्राउ, श्रीमानश्रीमती जेल चलान

डिसी नेपाल
१२ भदौ २०७८ ७:५२
864
Shares

लमजुङ । कैद फैसला सुनाइएका दुई अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।

प्रहरीले बेंसीसहर नगरपालिका ९ का खड्कबहादुर कामी र उनकी कान्छी श्रीमती मीना भन्ने सुमिला विकलाई पक्राउ गरेको हो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका दुईजनालाई जिल्ला अदालत लमजुङबाट ०६६ असार २४ गते बहुविवाह मुद्दामा जनही एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेकोमा उनीहरू फरार थिए।

उनीहरूलाई शुक्रबार जिल्ला अदालत लमजुङमा पेस गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *