थप १ हजार ८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार १७६ जनाको परीक्षण गर्दा १ हजार ८५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २२२ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४०९ पीसीआर परीक्षण गर्दा १ हजार ५१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ७६७ परीक्षण गर्दा ३४१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २७ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८६६ जना रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment