आर्सनलविरुद्ध सिटीको फराकिलो जित

डिसी नेपाल
१३ भदौ २०७८ ६:१०

म्यान्चेस्टर । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलबिरुद्ध एकतर्फी जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोल अन्तरको फराकिलो जित निकालेको हो ।

सिटीलाई जिताउन फेरान टोरेसले दुई गोल तथा कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे । सातौं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा टोरेसले अग्रता २-० को बनाए ।

३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । ४३ औं मिनेटमा जेजुसले गोल गरेपछि सिटीले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

खेलको ५३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिए । ८४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० गोलको फराकिलो जित दिलाए ।

जितसँगै सिटीले ३ खेलबाट ६ अंक जोडेको छ । अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले भने लगातार तेस्रो हार व्यहोरेको छ । ३ खेलमा अंक विहीन रहदै आर्सनल पुछारमा रहेको छ । क्लब इतिहासमै आर्सनलको यो खराब सुरुवात हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *