इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सी बराबरी

डिसी नेपाल
१३ भदौ २०७८ ६:५२
168
Shares

काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबर खेलेका छन् । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित चेल्सीसँग १-१ गोलको बराबरीमा खेलेको हो।

पहिलो हाफको अन्तिम समयमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

रेफ्रीले रीस जेम्सलाई रातो कार्ड दिँदै मैदानबाट बाहिरसमेत पठाएका थिए। जेम्सले साडियो मानेको प्रहार गोललाइनबाट हातले क्लियर गरेका थिए। बराबरीसँगै लिभरपुलले ३ खेलबाट ७ अंक जोडेको छ। लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ।

चेल्सीले पनि ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। राति नै भएको अन्य ५ खेलमा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १-१ को बराबरी खेले । घरेलु टोली ब्राइटन एभर्टनसङ २-० गोल अन्तरले पराजित भयो ।

न्युक्यासल र साउथह्याम्पटनले २-२ को बराबरी खेल्दा लेस्टर सिटीले नर्विच सिटीलाई २-१ गोल अन्तरले पराजित गर्‍याे । यस्तै बेस्ट हम युनाइटेड र क्रिस्टल प्यालेसले २-२ को बराबरी खेले ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *