पार्टीमा समानान्तर गतिविधि नरोके कारबाही गर्ने विवकेशील साझाको निर्णय

डिसी नेपाल
१७ भदौ २०७८ १९:१७
236
Shares

काठमाडौं । विवकेशील साझा केन्द्रीय कमिटी बैठकले पार्टीमा समानान्तर गतिविधि नरोके कारबाही गर्ने निर्णय गरेको छ ।

बिहीबार अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न कडा निर्देशन दिएको छ।

त्यस्तै, सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको विवेकशील साझा पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ।

बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *