सिन्धुपाल्चोकमा पहिरो, हेलम्बु सडक फेरि बन्द
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ।
पहिरो खस्दा हेलम्बु मार्ग फेरि अवरुद्ध भएको छ। लगातारको वर्षाले निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार लगातारको झरीका कारण पहिरो पन्छाउन सकिएको छैन। यद्यपि, वैकल्पिक बाटो प्रयोग गरेर आवातजावत भइरहेको छ।
सिन्धुपाल्चोकमा १ असारमा बाढीपहिरोले मेलम्ची बजार बगाएको थियो। त्यसयता मेलम्ची क्षेत्रमा नियमित जसो बाढीपहिरो गइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment