महेश बस्नेतलाई देउवाको चुनौती : मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनुस्
काठमाडौं। नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरबाट संघीय सांसद बनेका महेश बस्नेतलाई चुनौती दिएका छन्।
शुक्रबार वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगेका देउवाले आगामी चुनावमा आफूलाई नभएर भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका हुन्।
देउवाले भने, ‘कांग्रेस सशक्तरूपमा अघि बढेको छ। महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन्। बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्।’
केही समयअघि नेकपा एमाले नेता बस्नेतले भक्तपुरमा शेरबहादुर देउवासँग चुनावमा लड्न चुनौतीसँगै सजिलै जित हासिल गर्ने बताएका थिए। शुक्रबार वडा अधिवेशन उद्घाटनमा बोल्दै बस्नेतलाई प्रधानमन्त्री देउवाले थापालाई हराएर देखाउन चुनौती दिएका हुन्।
भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment