अर्घाखाँचीमा हाइस दुर्घटना एक जनाको मृत्यु, पाँच घाइते
अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिका–३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा३ख८६३९ नम्बरको हाइस शितगंगा-३ स्थित सैनिक नजिकै शनिबार बिहान दुर्घटनामा परेको हो।
हाइसमा १० जना सवार थिए। तीमध्ये पाँच जना घाइते छन्। जसमा दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment