कविता : म र उ

डिसी नेपाल
१९ भदौ २०७८ ७:११

म, उ जस्तो होइन
उ, म जस्तो होइन
खै म त कता कता
उ, म जस्तो पो हो कि
म, उ जस्तो पो हो कि
म र उसकाे विचमा हो
तीब्र बिचलन भएको छ।

मेरो दिव्यदृष्टिमा उसकाे भाव
फरक देखाउने प्रबृत्ति हो कि
म र उसमा दृष्टिकोण फरक छ
मेरो प्रवृत्तिमा म ठिक हो कि
उसकाे प्रवृत्तिमा उ ठिक हो कि
कुन र कसकाे प्रवृत्ति आफैंमा
सभ्यँताको आकृति अनुकुल
बेस्कन आफैमा बेमेल भएको छ।

म र उ सभ्यताको अनुसरणमा छौ
समान दौड र उद्देश्य समान जस्तो छ
म र उमा केही समनता जस्तो पनि छ
म र उमा धेरै असमानता जस्तो पनि छ
क्रमबत जीवनमा म उ जस्तो होइन कि
उ म जस्तो देखिने पनि होइन कि जस्तो
फरकपनको सोचमा एक छ जीबन यात्रा।

म जीवनयापनमा कस्तो हुनु पर्ने हो
उ जीवनयापनमा कस्तो हुनु पर्ने हो
जीनवको कुनै साध्य कस्तो पो हो
जीबन यात्राको मापदण्ड कस्तो हो
कुनै साधना र सोध आफैमा छ कि
जीवनमा कहिले म उदाहरण बन्छु
जीवनमा कहिले उ उदाहरण बन्छ
फगत शून्यताताको दौड दृष्य छ।

म मेरो प्रवृत्तिमा जीउन दंग छु
उ उस्को प्रवृत्तिमा जीउन दंग छ
म आफैसँग पूर्ण खुशी छैन कि
उ उसै सँग पूर्ण खुशी छैन जस्तो
म उस्को जीवन नियालेर हेर्छु
उ मेरो जीवन नियालेर हेर्छ
आफैमा सीको गर्नेप्रवृत्तिमा
म र उ बिच तिब्र प्रतिस्पर्धा छ।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *