सूर्यविनायक नगरपालिका ८० जनालाई उद्यमी बनाउँदै
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्थानीयलाई साना उद्यमी बनाउने भएको छ। पालिकाले गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम अन्तर्गत पालिकाका स्थानीयलाई साना उद्यमी बनाउन लागेको हो।
त्यसका लागि सूर्यविनायक- १० स्थित चित्तपोल वडा कार्यालयमा एक दिन वडास्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ। उपमेयर जुना बस्नेतका अनुसार सो वडाको ८० महिला, पिछडिएका समुदाय, दलित र जनजातिलाई कार्यक्रमबाट प्राथमिकतामा राखिने छ।
उनले उद्यमी बन्न चाहनेका लागि सात दिने तालिम दिइने जानकारी गराइन् । बस्नेतले तालिमबाट छनोट भएकालाई समूह बनाई तीन महिने थप तालिमसँगै व्यवसायी बनाउने बताइन्।
वडाअध्यक्ष शिवराम राउतका अनुसार त्यसका लागि पालिकाबाट दुई जना सहजकर्ता खटाइने छ । सहजकर्ता घरघरमा गई उद्यमी बन्न चाहनेको तथ्यांक संकलन गरिने छ। उनले स्थानीयको माग र आवश्यकताको आधारमा सिपको तालिम दिइने र आवश्यक सामग्रीसमेत पालिकामार्फत व्यवस्था गरिदिने उल्लेख गरे।
तालिममा सहभागि भएका स्थानीय अनिवार्य रुपमा उद्यमी बन्नुपर्ने सो कार्यक्रमको नीति रहेको बस्नेतले बताइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment