१५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन

डिसी नेपाल
२१ भदौ २०७८ १२:५०
52
Shares

गुल्मी । गुल्मीको इस्मा दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। इस्मा गाउँपालिका ४ दोहलीका मनबहादुर घर्तीका छोरा बिष्णु घर्ती गत १९ भदाैदेखि परिवारको सम्पर्कमा छैनन्।

घरबाट साथीहरूसँग खेल्न निस्किएको र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मनबहादुरले बताए। उनले गाउँलेहरूले सबै आफन्त र सम्भावित ठाउँहरुमा छोरालाई खोजे पनि फेला नपरेको बताए।

सोमबार परिवारले इस्मा प्रहरीचौकीमा बालक हराएकोबारेमा जानकारी गराएका छन्। बिष्णुले सुन्तलादेवि निमावि नयाँपोखराको कक्षा ६ मा अध्ययनरत थिए । गहुँ गोरो वर्ण भएका बालकले सेतो सर्ट, जिन्स पाइन्ट र रातो तने चप्पल निवासी लगाएको परिवारले जनाएको छ।

तीन दिनदेखि छोरा सम्पर्कमा नभएपछि घर्ती परिवारमा चिन्ता छाएको छ। इस्मा प्रहरीचौकी इन्चार्च प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीकाअनुसार परिवारले भर्खरै खबर गरेपछि खोजी कार्य सुरु गरिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *