त्रिकोणात्मक एकदिवसीय सिरिज : आज पिएनजीसँग भिडदै नेपाल

डिसी नेपाल
२२ भदौ २०७८ ७:५८
64
Shares

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार पपुवा न्युगिनी (पिएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ।

मंगलबार ओमान अल अमिरात क्रिकेट मैदानमा दुई शृङ्खला अन्तर्गत पहिलो खेल खेल्न लागेको हो। खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। दोस्रो खेल शुक्रबार हुनेछ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पिएनजीसँग खेल्न लागेको हो।

पहिलो एक दिवसीयमा नेपालले अनुभवी खेलाडीलाई आराम दिन सक्नेछ। उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई चोटका कारण आराम दिइने बुझिएको छ। ज्ञानेद्र मल्लको कप्तानीमा रहेको नेपाल यस अघि नै ओमान पुगेको थियो । नेपालले करिब दुई हप्ता ओमानको मौसमसँग घुलमिलकाे तयारी गरेको थियो।

नेपाली टोलीमा पूर्वकप्तान पारस खड्का रहने छैनन् । उनको संन्यासपछि नेपालको यो पहिलो खेल हुनेछ । पहिलो पटक गुल्सन झाले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

त्रिदेशीय शृंखलामा नेपालको खेल

२८ भदौ : नेपालविरुद्ध अमेरिका

२९ भदौ :ओमानविरुद्ध नेपाल

१ असोज : नेपालविरुद्ध अमेरिका

३ असोज : ओमानविरुद्ध नेपाल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *