रोनाल्डो विना नै पोर्चुगलको सहज जित
काठमाडौं। कतार विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ। मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
समूह ‘ए’ अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द्रे सिल्भा र डियगो जोटाले १-१ गोल गरे ।रोनाल्डो विना नै मैदान प्रवेश गरेकाे पोर्चुगलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेकाे हाे।
साेही समूहको अर्को खेलमा आयरल्यान्ड र सर्बियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
शीर्ष स्थानमा रहेको पोर्चुगलले जितसँगै समूह ‘ए’मा पाँच खेलबाट १३ अंक बनाएको छ। समान खेलबाट सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ। समान खेलबाट २ र १ अंक बनाएका आयरल्यान्ड र अजरबैजान क्रमश: तालिकाको चौथो र पाँचौ स्थानमा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment