सेनापति थापाका सुधार र ‘कथित’हरुको मौनता

डिसी नेपाल
२३ भदौ २०७८ ११:३६

पुरानो कहावतअनुसार आज नेपाललाई वनको रेखदेख गर्ने भन्दा रुख गनेर रमाउने हरुको संख्या बढी देखिन्छ। यो कुरा नेपालको सुरक्षा संगठन र सुरक्षा संगठन प्रमुखहरुको हकमा पनि त्यत्तिकै लागू हुन्छ।

नेपाल भनेर चिनिने यो नेपाल बन्न र बनाउनमा यो देशको निर्माण गर्ने काममा नेपालका राजाहरु, सेनापतिहरुको र जनता सबैको ठूलो योगदान रहेको छ। सेनाको हकमा अव नेपाली सेनाको ४३ औँ प्रधान सेनापति पूर्णचन्द्र थापाले अवकाश लिँदैछन भने प्रभुराम शर्मा नेपाली सेनाका ४४ औँ प्रधान सेनापति बन्दैछन्।

तर नेपालको विडम्बना यो छ कि अवकाशमा वस्नुअघि नै बिदा भै घर जाने सेनापतिले दिएको योगदानका लागि धन्यवाद भन्ने बेलामा उनले के के गल्ती गरे र उनलाई कसरी असफल साबित गर्न सकिन्छ भन्ने होडवाजीमा संचार जगतदेखि केही महाजन, केही ठेकेदारहरु सेना प्रमुखको पछि हात धोएर लागेका देखिन्छन्।

तर यो नेपालराज्यको स्थापना गरी आजको वृहत नेपालको सिर्जना गर्ने श्री ५ बडा–महाराजधिराज पृथ्वीनारयण शाहको खोइरो खन्ने र केपुचिन पादरीको गाथा गाउने देशमा आज यो र यस्तो परिस्थिति बन्नुमा आश्चर्य मान्नु पर्ने कुनै कुरा पनि छैन।

भारतमा सन् १९६२ को भारत चीन युद्धमा भारतको पराजय, भारत पाकिस्तानको तीन युद्ध र बाङ्गलादेशको स्वतन्त्रतामा भारतको सेना र सुरक्षा निकायले गरेको काम र पुरुषार्थको भारत सरकार, भारतका उच्चस्तरीय नेता र भारतका जनताहरु कहिल्यै थाकेका देखिँदैनन्।

भारतको सेनाको इतिहासमा सरकार र जनताले भारतका बहादुर सेनापतिहरुको गाथा र पराक्रमको कुरा गर्दा रमाउँछन् र उनीहरुलाई भारतको गौरवको रुपमा हेर्ने गर्छन्। तर नेपालमा सुरक्षा संगठन र सुरक्षा निकायका प्रमुखले जे जति गरे पनि उनीहरुको उछित्तो काड्ने काम गरिन्छ नै।

नेपालमा सेना र सुरक्षाको आडमा राजनीति गरेर शक्तिमा पुग्ने र नेपालको हक हितमा गोटी खेल्नेहरु पनि नेपालको सुरक्षा संगठनको जिम्मेवार व्यक्ति र उनीहरुले राम्रै मनशाय लिएर गरेको कामलाई पनि कुत्सित मनशाय राखी गलत ढँगले व्याख्या गर्ने र सुरक्षा संगठनभित्र हुने साना नगन्य घटनालाई तिलको पहाड बनाएर संगठनको मान–मर्दन गर्न पाऊँदा आफूलाई ठूलो ठान्ने परम्परा झाँगिन थालेको देखिन्छ।

नेपालमा प्रमुख चार सुरक्षा संयन्त्र र संगठनहरु छन्–नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धान बिभाग। यसमा राष्ट्रिय अनुसन्धान बिभागले जंगी–पोसाक (युनिफर्म) लगाउँदैन र ऊ जनता समक्ष देखिँदैन र हत्पति चिनिदैन पनि, त्यही कारणले उनीहरुको मान–मर्दन हुने त कुरै भएन।

२०४६ सालको राजनैतिक परिवर्तनपछि २०१५ सालदेखि नेपाल र नेपालीको अविरलरुपले सेवा गर्दै आइरहेको नेपाल प्रहरी संगठनलाई मण्डले र ‘मण्डले’ द्वारा परिचालित संगठन र जन आन्दोलन दवाउने जनताको शत्रु भन्ने पगरी गुँथाइदिए र मल्लिक आयोगको शरण पर्न बाध्य बनाइदिए।

२०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो, नेपाल प्रहरीले सकेन भनेर सशस्त्र प्रहरी बल खडा गरियो। आज नेपालको सुरक्षा संयन्त्रहरुलाई अझ सुदृढ, संगठित, बलियो र व्याबसायिक बनाउनु पर्ने वेलामा नेपाल प्रहरीलाई माथिदेखि तल तीन–तह र बिभिन्न प्रान्त र स्थानीय गरी टुक्रा टुक्रा पारिएको छ।

नेपालको सुरक्षा निकायको खम्बा र अन्तिम किल्ला भनेर विश्वले समेत मान्दै आइरहेको नेपाली सेनालाई नेपालकै बहालवाला रक्षा–मन्त्रीले ‘लकिर का फकिर’ सम्म भन्न भ्याए। त्यसमा पनि नेपाली सेना–प्रमुखले आफ्नो शालिनता प्रदर्शित गरे।

तर आज झण्डै एक लाख सैन्य शक्ति रहेको नेपाली सेनाको प्रधान सेनापतिले ४२ वर्षको अविरल अनवरत सेवा गरी अवकाश लिँदाको बखत समेत उनलाई देश सेवा गरेवापत धन्यवाद दिनुको सट्टा साना–तिना घटनालाई तिलको पहाड बनाउनेहरु पनि देखा पर्नेछन् अवश्य नै।

संगठन प्रमुखलाई हतियार बनाएर संगठनमाथि प्रहार गर्ने कामले परम्परा बोकेको नेपाली सेनाको सैनिक संगठन र सैनिक परम्पराको समेत खिल्ली उडाउने खोज्ने रोगीहरुलाई समयमै नेपाली जनताले चिन्नु जरुरी छ।

यस्तो रोग २०४६ को राजनैतिक परिवर्तनपछि नेपालको प्रहरी संगठन र पछि सशस्त्र प्रहरीमा देखियो भने आज यही हतकण्डा नेपाली सेनाका विरुद्ध प्रयोग गरिने कुत्सित मनशाय र प्रवृत्ति बढ्दै गएको देखिन्छ।

सुरक्षाविद र सुरक्षासंग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिको नाताले कुनै पनि फौजी संगठनको त त्यो फौजको कमाण्डरले मुल्याँकन गर्ने हो। विश्वका वहुसंख्यक जनताले आफ्नो सुरक्षा निकाय र त्यसको प्रमुखको राम्रो कुरामा बढी चासो र ध्यान दिने गर्छन्।

यही कुरा भदौ २४ गते २०७८ मा अवकाश लिने नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको वारेमा हुनु पर्छ र उनको राम्रो र नराम्रो सबै कामको निश्पक्ष सही मुल्याँकन हुनु, गर्नु, गरिनु पर्छ। उनको मुल्याङ्कन गर्दा उनको नकारात्मक कुरा गर्नुको साथै उनले गरेका उल्लेखनीय कामहरुलाई पनि जनतामाझ उजगार गर्न छुटाउनु हुन्न।

किनकि उनको चार दशकको लामो सेवाको मुल्याङ्कन गर्दा उनको तीन वर्षको कार्यको मुल्याङ्कनले मात्र पूरा हुन सक्दैन। उनको सही मुल्याङ्कन भएन र गरिएन भने यसले पछि हुने र आउने संगठनका नेतृत्व तहमा रहेर काम गर्ने सेनापतीको र सुरक्षा संगठनको मोरालमा समेत नकारात्मक असर पर्ने र उनी मातहतको मोराल र कामको जोश, जाँगर र उत्शाहमा समेत नकारात्मक असर पर्न सक्छ।

प्रथम त अवकाश लिएर जाने प्रधान सेनापति थापाले नेपाली सेनाले २० बर्ष कठिन सेवापछि मात्र पाउने पेन्सनको सेवाबधि घटाएर १६ वर्षमा ल्याउन सकेको कुरामा उनलाई धन्यवाद दिनु पर्छ।

उनको यस कामले नेपाली सेनाका निम्न तहका सम्पूर्ण कर्मचारीहरुको लागी खुसी र उत्साह छाएको छ। त्यस्तै उनले सैनिक कल्याणकारी कोषमा झण्डै ७० प्रतिशत भन्दा कोषवृद्धि गराउन सफल भए। यी दुबै कुरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी पछाडि परेका छन्।

सेनाजस्तो संगठनमा कतिपय कुराहरु बाहिर प्रचार प्रसार गर्न संगठानिक मर्यादा, आफ्नो आत्मप्रशँसा गर्ने कुरामा रुची नहुनु र अन्य कतिपय कारणले उपयुक्त नहुने गर्छ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो तीन वर्षको कार्यकालमा नेपाली सेनामा सयौँ नयाँ नीति–नियमहरुको थिति बसाले, नीति–निर्माण, परिमार्जन र लागू गरे त्यो कुरा आन्तरिक प्रशासनिक कुरा भएकोले यो कुरा गोप्य हुने र जनसरोकारको कुरा हुने नै भएनन् ।

तर पनि प्रधान सेनापति पूर्णचन्द्र थापाले आफूले प्रधान सेनापतिको पदभार ग्रहण गर्नासाथ आफ्नो सम्पत्ति सार्वजानिक गरेको कुरालाई सकारात्मक रुपले नमुनाको रुपमा लिनु पर्छ। तर यो कुरा भ्रष्टाचार र बिचौलियाले लिप्त समाज र सरकारमा पच्ने र प्रशंसित हुने त कुरै भएन।

अवकाश लिएर जाने प्रधान सेनापति थापाले नेपाली सेनाले २० बर्ष कठिन सेवापछि मात्र पाउने पेन्सनको सेवाबधि घटाएर १६ वर्षमा ल्याउन सकेको कुरामा उनलाई धन्यवाद दिनु पर्छ। उनको यस कामले नेपाली सेनाका निम्न तहका सम्पूर्ण कर्मचारीहरुको लागी खुसी र उत्साह छाएको छ। त्यस्तै उनले सैनिक कल्याणकारी कोषमा झण्डै ७० प्रतिशत भन्दा कोषवृद्धि गराउन सफल भए। यी दुबै कुरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी पछाडि परेका छन्।

उनको पालोमा कतिपय मुद्दामा सेनाले गाल पनि पायो भने कतिपय कुरामा ठुला ठुला ठेकेदार र बिचौलियाले खेल्ने भुमिका नपाउँदा उनलाई व्यक्तिगत रुपले भ्रष्टाचारी भनेर आरोप लगाउन सकेनन् तर संगठनलाई नै वदनाम गर्ने नियतले ‘सैनिक संगठनमा कमिसनको खेल’ भनेर भए पनि नेपाली सेनाको संगठनको नै मान-मर्दन र संगठनलाई वदनाम गर्ने गराउने कोशिस गरे।

बिगत केही वर्षमा नेपालमा नेताहरुको साख धेरै तल गिरेको कुरा सबैले देखिजानी आएको कुरा हो। आजको दिनमा नेपाली जनताले नेपालको बिग्रँदो राजनैतिक अवस्थाबाट आजित भएर नेपाली सेनालाई राजनीति गर्न आग्रह, उत्प्रेरित गर्न प्रदर्शनसमेत गरिरहेका छन्।

यसका साथै नेपालका छिमेकी राष्ट्रहरुले विगत केही वर्षदेखि नेपालमा सैनिक कुटनीतिलाई विशेष चासोले हेरिरहेका छन्। विश्वका धेरै राष्ट्रहरुका राजनीतिमा सेनाले हस्तक्षेप गरेका धेरै उदाहरणहरु छन्।

तर नेपालका प्रधान सेनापति थापाले नेपाली सेनालाई कुनै पनि अन्तरिक र बाहिरी उक्साहटबाट मुक्त राख्न सफल उदाहरण पेश गरेका छन्। यो पनि उनको दूर–दृष्टि र राजनैतिक सुझ–बुझको एउटा उदाहरण हो।

नेपालको लागि अर्को महत्वपुर्ण कुरा भनेको आजको नेपाली सेनाले अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वास र भरोशा कमाएको छ। प्रधान सेनापति थापाको कार्यकालमा नै आज नेपालले संयुक्त्त राष्ट्रको शान्ति सेना पठाउने राष्ट्रहरुमा चौँथो स्थानबाट दोश्रो स्थानमा पुग्न सफल भएको छ। यो देश र नेपाली जनताको लागी खुशी र गौरवको विषय हो।

विश्वका धेरै राष्ट्रहरुका राजनीतिमा सेनाले हस्तक्षेप गरेका धेरै उदाहरणहरु छन्। तर नेपालका प्रधान सेनापति थापाले नेपाली सेनालाई कुनै पनि अन्तरिक र बाहिरी उक्साहटबाट मुक्त राख्न सफल उदाहरण पेश गरेका छन्। यो पनि उनको दूर–दृष्टि र राजनैतिक सुझ–बुझको एउटा उदाहरण हो।

नेपालले कोरोनाको महामारीबाट जनतालाई बचाउन र उद्धार गर्न सरकार असफल देखिएको अवस्थामा नेपाली सेनाले कोरोनाबाट मृत्यु भएका नागरिकहरुको शव–व्यवस्थापन जस्तो कठिन, संक्रामक र अलोकप्रिय कामको पुरै जिम्मा लिइदिँदा नेपाल सरकारको ठूलो बोझ हल्का हुन पुगेको छ।

यस्तो कठिन र अप्रिय कामको पहलता गरेकोमा प्रधान सेनापति थापा र नेपाली सेनाका कर्मठ योद्धाहरुले दिन–रात दिलो–ज्यान दिएर लागिरहेका कुरामा आजसम्म स्वघोषित टिप्पणीकारहरु र कथित राजनीतिक व्यक्तिहरुले धन्यबादको दुई–शव्द लेख्ने र बोल्ने आँटसम्म गरेका छैनन्। बरु उल्टो पाल्टो कुरा लेख्न तम्सन्छन्।

उनको कार्यकाल कस्तो रह्यो भन्नेबारे धेरैले धेरै कुरा लेखिसकेका छन्। अनेकौं विवाद र आन्तरिक अनुशासनमा समस्यामा पर्दै गएको नेपाली सेनालाई लगाम लगाउन उनले तीनबर्षमा गरेको मेहनत उल्लेख्य छ। स्वदेशमा मात्र होइन विदेश शान्ति मिसनमा समेत नेपाली सेनालाई उच्च सम्मानका साथ हेरिने अवस्थामा अहिले नेपाली सेनाको स्ट्याटस बनेको छ।

तर, उनको कार्यकालमा तरमार्न नपाउने ठेकेदारहरु, महंगोमा सेनालाई सामान बेच्न नपाएका व्यापारीहरु र सेनालाई देखाएर उसका नाममा भ्रष्टाचार गर्न नपाएर छट्पटिएका केही राजनीतिकर्मीहरु र कारवाहीमा परेकाहरु तथा विदेशीलाई सूचना बेचेकोमा उनको कार्यकालमा चेतावनी दिएकाहरु उनी अवकाश प्राप्त गर्ने समयको प्रतिक्षामा धारे हात लगाउन तम्तयार भएर बसेको कसैबाट छिपेको छैन।

नेपाली सेनाले कोरोनाबाट मृत्यु भएका नागरिकहरुको शव–व्यवस्थापन जस्तो कठिन, संक्रामक र अलोकप्रिय कामको पुरै जिम्मा लिइदिँदा नेपाल सरकारको ठूलो बोझ हल्का हुन पुगेको छ। यस्तो कठिन र अप्रिय कामको पहलता गरेकोमा प्रधान सेनापति थापा र नेपाली सेनाका कर्मठ योद्धाहरुले दिन–रात दिलो–ज्यान दिएर लागिरहेका कुरामा आजसम्म स्वघोषित टिप्पणीकारहरु र कथित राजनीतिक व्यक्तिहरुले धन्यबादको दुई–शव्द लेख्ने र बोल्ने आँटसम्म गरेका छैनन्। बरु उल्टो पाल्टो कुरा लेख्न तम्सन्छन्।

त्यसैले उनको अवकाशको समय पारेर उनीविरुद्ध भ्रम फैलाउनेहरुलाई व्यंग्य गर्न मन लागेर मैंले यसमा केही व्यंग्यात्मक बुँदाहरु उल्लेख गरेको छु

१. सिपाहीको पेन्सन पाउने उमेर २० बर्षबाट १६ बर्षसम्म मात्र झार्न सकेको। २० बाट १० मा झार्न असफल।

२. सैनिक कल्याणकारी कोषको रकम को ३ बर्षमा केबल ७० % (इतिहासकै धेरै) को हारहारी मा बृद्धि गरेको । १०० % ले बृद्धि गर्न असफल।

३. नेपाली सेनालाई संयुक्त राष्ट्र संघको शान्ति स्थापनाका लागि विदेशमा फौज पठाउने राष्ट्रहरुको सूचीमा चौथो स्थानबाट फड्को मारेर केबल दोस्रो स्थानमा उकास्न सकेको। प्रथम स्थानमा उकास्न असफल।

४. तीन बर्षको कार्यकालमा सैनिक संगठनमा ५०० जति व्यवहारिक र प्रभावकारी नयाँ नीति नियमहरु लागू गरेको। १००० नयाँ नीति नियम लागू गर्न असफल।

५. हिमाल सफाइ अभियान सुरु गरेर केबल तीन महिनामा २८ टन फोहोर संकलन गरेको । पहाड र तराइ सफाइ अभियान गर्न असफल ।

६. कार्यकालको सुरुवातमा नै आफ्नो सम्पति विवरण सार्वजानिक गरेको। आफ्नो पूर्वबर्तीहरुको जस्तो सम्पति गोप्य राख्न असफल ।

७. कार्यकालको प्रथम दिनमा अनौपचारिकरूपमा र कार्यकालको समाप्तिको तीन महिना अगावै आफ्नो उत्तराधिकारीलाई संगठको जिम्मेबारी हस्तान्तरण। आफ्नो तीन बर्षे कार्यकाल थप गरेर कुर्सीमा टिकिरहन असफल।

८. कोभिड महामारीमा भारत, अमेरिका र चीनलगयातका राष्ट्रले देशको सबैभन्दा बिश्वासनीय निकाय भनेर आफ्नो सम्पूर्ण सहायता नेपाली सेनालाई सेनापतिमार्फत हस्तान्तरण गरेको। अरु मित्र राष्ट्रबाट सहायता प्राप्त गर्न असफल।

९. नेपालबिरुद्ध भनाइ राखेका भारतीय सेनापतिलाई कुटनीतिमार्फत एक महिनाभित्रै आफ्नो भनाइ सच्याउन वाध्य तुल्याएको र उनलाई प्रयोग गरेर भारत सरकारको तालुकदार मन्त्रालयका मन्त्रीलाई पनि नेपालको पक्षमा सकारात्मक बक्तब्य जारी गर्न प्रोत्साहित गरेको। भारतले ओगटेको भूमि फिर्ता ल्याउन असफल।

१०. नेपालको गौरबपूर्ण इतिहास र सम्पदाको संरक्षण, सम्बर्धन र प्रवर्धनको लागि अभियान चलाएर नागरिकहरुलाई एकताको सन्देश प्रबाह गरेको। कुनै पार्टी बिशेषको गुट उप–गुटलाई हित हुने गरी काम गर्न असफल।

११. प्रबिधि मैत्री, पद्धति, प्रणाली र प्रकृया स्थापित गरेको। केही पुर्वबर्तीहरुको अनुमोदन र स्याबासी हासिल गर्न असफल।

उपत्यकाको फोहर व्यवस्थापन कार्यमा श्रोत र साधन सम्पन्न महानगरपालिकाजस्ता निकायहरु असफल भएका देखिन्छन्। तर प्रधान सेनापति थापाको अगुवाइमा हिमाल सफाइ गर्ने अभियान र बाढी–पहिरोबाट जन–धनको क्षति न्युनीकरणका लागि गरिएका जन–उद्दारका कार्यहरुमा ती स्वनामधन्यहरुको मौनता उदेक लाग्दो पो छ त।

द्रष्टव्य : यो लेख कुनै व्यक्ति–विशेषभन्दा मुल्याङ्कनको तरिका र प्रवृत्तिलाई संकेत गर्न लेखिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *